विर्तामोड १५ साउन । विर्तामोड नगरपालिका–३ विर्ताबजारबाट दुई किशोरी मंगलबारदेखि वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा १६ वर्षीय पूजा र १४ वर्षकी पूजन साह रहेको वेपत्ता किशोरीका बुबा नरेश साहले जानकारी दिनुभयो ।
सदा झै स्कूल जाने समयमा विद्यालय हिंडेका छोरीहरु स्कूलबाट घर फर्कने समयमा नआएपछि खोजी कार्य सुरु गरेपनि अहिले सम्म कतै फेला नपरेको साहले बताउनु भयो । साहले भने–‘सदा झैं ९ बजे स्कूल हिंडेका छोरीहरु बेलुका सधैंका समयमा घर नआएपछि खोजी गर्दा उनीहरु स्कूल नै पुगेनछन् ।’सारा आफन्त कहाँ खोजी सक्यौ कतै पत्ता लागेन ।’
स्थानीय ग्लोरी बोर्डिङ स्कूलमा पुजा कक्षा १० र पूजन कक्षा आठमा पढ्दै थिए । विहान नौ बजे स्कूल हिंडेका छोरीहरु घर बेलुकासम्म घर नफर्किएपछि परिवारले खोजी कार्य सुरु गरेपनि नभेटिएपछि खोजी गरिदिन बुबा नरेशले इलाका प्रहरी कार्यालयलाई आग्रह गरेका छन् ।
निवेदन प्राप्त भएपछि नै वेपत्ता भएका किशोरीका सम्बन्धमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरिक्षक मोहन थापाले जानकारी दिनुभयो ।
स्रोतका अनुसार छोरीहरुलाई सम्झाउने क्रममा बुबा–आमासंग सामान्य भनाभन भएको बुझिएको छ ।
दुई किशोरी वेपत्ता
































































































