Homeसमाचारसमाचारसंस्कार र संस्कृति, हाम्रो जीवन पद्धति

संस्कार र संस्कृति, हाम्रो जीवन पद्धति

इन्द्रप्रसाद कट्वाल
‘संस्कार क्रीयते इति संस्कृति’ संस्कार गरिनु नै संस्कृति हो । मानव जीवनमा संस्कारको महत्व देह र आत्मा जत्तिकै रहेको छ । जबसम्म शरीरमा प्राण रहेको हुन्छ । तब शरीरका नसा नाडीहरु क्रियाशील, रहेकै हुन्छन् । यो पनि यौटा शारीरिक संस्कार हो । जब शरीरबाट प्राण निस्केर जान्छ तब त्यस शरीरको संस्कार समाप्त हुन्छ । हो, यसै अर्थमा जबसम्म जीवन सापेक्ष संस्कार नगरिएको वस्तु पवित्र मानिदैन । अर्थात विना संस्कारको जीवन पशुवत हुन्छ । संस्कारमा आध्यात्मिक र भौतिक दुवै खाले क्रियाहरु समाविष्ट भएका हुन्छन् । जस्तै शरीर भौतिक हो भने प्राण आध्यात्मिक हो । हो, यिनै भौतिक र आध्यात्मिक अस्तित्व बोकेको शरीरले जव स्त्री र पुरुषको रुपमा प्राकृतिक गुणको प्रवाहमा समागम गर्न पुग्दछ तब स्त्री जातिमा गर्भ रहन जान्छ । यो नै गर्भाधान संस्कार हो । यसर्थ मानिसको उत्पति नै संस्कारबाट भएको हुन्छ भने मानिसलाई प्रथमतः आफ्नो संस्कार र संस्कृतिको ख्याल हुन मानवीय दृष्टिकोण अपरिहार्य देखिन आउँछ ।
समाजमा संस्कार ज्ञात अज्ञात रुपमा चलिरहेको हुन्छ । कुनै पनि संस्कारलाई जब व्यवहारिक मान्यता दिइन्छ भने त्यो संस्कारको ज्ञात पक्ष भयो । तर, जब अज्ञात रुपमा संस्कार चल्दछ त्यसले मान्यता पाएको हुँदैन । यसको प्रत्यक्ष वा ज्वलन्त उदाहरणका रुपमा अनैतिक गर्भधारणलाई लिन सकिन्छ । दुई युवा युवतीका बीचमा पति पत्नीको सम्बन्ध कायम नभइ गर्भधारण भएमा, कि त गर्भ रहे पश्चात त्यसलाई पति पत्नीको सम्बन्ध बैधानिक रुपमा कायम गर्नु पर्यो नत्र भने त्यो अवस्था गर्भ पतन गराउने स्थितिमा पुग्न जान्छ । हो, यसैबाट बुझ्न सकिन्छ कि हाम्रा मानवीय क्रियाकलापहरु एक बैधानिक मान्यताका आधारमा सञ्चालन हुन जरुरी हुन्छ । त्यसैले हालसम्म परम्परागत रुपमा मानिआएका जति पनि संस्कारहरु छन्, ती हाम्रा जीवन पद्धतिका आधार हुन् ।

लेखक


हुन त संस्कारको बारेमा खुलस्त रुपमा परिभाषा गर्नुपर्दा यसका बैधानिक पक्ष, अवैधानिक पक्ष, नैसर्गिक पक्ष र प्रदत्त पक्ष गरी वृहत व्याख्या हुन सक्छ । तर यस लेखमा समाजमा चलिआएका केही महत्वपूर्ण संस्कारहरु जो आज ओझेलमा पर्न जाँदा हाम्रो सामाजिक अस्तित्व नै खतरामा पर्न गइरहेको छ, त्यसप्रति संकेतिक रुपमा सचेत गराउनुमा नै केन्द्रित रही हाम्रो समाजमा प्रचलित केही संस्कारहरुको बारेमा संक्षिप्त झलक प्रस्तुत गर्ने प्रयास गर्न चाहेको छु ।
हाम्रो समाजमा प्रचलित निम्न संस्कारहरु एक जातीय, एकदेशीय, एक पक्षीय नभै बहुजातीय, बहु पक्षीय र बहु देशीय रुपमा चलेको पाइन्छ । तर तिनका क्रियान्वित पक्ष भने फरक पाइन्छ । हामीले हालसम्म मानिआएका प्रमुख १६ संस्कारहरु हुन तर कतिपय संस्कारहरु लोप पनि भइरहेका छन् ।
हेरौं केही संस्कारहरु :
१. गर्भाधान संस्कार (२) पुंसवन (३) सीमान्तोन्नयन (४) जात कर्म (५) नामाकरण (६) निष्क्रमण (७) अन्न प्राशन (८) चुडाकर्म (९) कर्णबेध (१०) यज्ञोपवीत (व्रतबन्ध) (११) वेदारम्भ (१२) केशान्त (गोदान) (१३) समापवर्तन (१४) विवाह (१५) विवाहग्नि–परिग्रह (१६) दाह संस्कार (अन्त्येष्टि) आदि ।
यसरी माथि उल्लेखित १६ संस्कार मध्ये पन कतिपय संस्कारहरु मर्यादित वा वैधानिक ढंगले गरिंदैछन् भने कतिपय हेलचेक्र्याइका रुपमा पनि गरिएको पाइन्छ र कुनैमा औकात, भन्दा माथि फेशनका रुपमा मानिएको पाइन्छ । जे जसरी होस् माथि उल्लेखित संस्कार मध्ये केही संस्कारहरु आध्यात्मिक जीवन्त र वैधानिक रहेका छन् र यिनै संस्कारको सेरोफेरोमा रही विशेषतः हाम्रो नेपाली समाज शास्वत र गतिशील बनेको छ । हेरौं उक्त केही संस्कारका जीवनोपयोगी पक्षहरु :
१) मानव जीवनको पहिलो र अत्यन्त सम्वेदनशील संस्कार हो गर्भाधान संस्कार । यो संस्कार श्रीमतिको रजस्वला भएको १६ दिनभित्रमा हुने एक दिनको संस्कार हो । यसको बैज्ञानिक एवं वैधानिक महत्व रहेको छ । अहिलेसम्म यस संस्कारको महत्व कतिपय दम्पत्तीले नबुझेरै ख्याल ख्यालमै गुमाएका छन् । विशेषतः गर्भाधान हुन भन्दा अगाडि दीप–कलश गणेशको पूजन गरी आफ्ना इष्टदेव शिव विष्णु आदिको पूजा र हवनादि संस्कार गरेर समागम सौख्यको कामना नभै सन्तानोत्पादनको ध्येय लिएर रजस्वला भएको १६ दिन भित्र पुत्रको इच्छा भए जोर रात्रि र पुत्रीको भए विषम रात्री (४, ६, ८, १०, १२, १४ र १६) जोर (५, ७, ९, ११, १३ र १५ विषम) पारेर पति पत्नीले प्रशन्न मुद्रामा रही कुनै भय संकोच मनमा नलिई गर्भाधान गरिनु पर्ने विधान शास्त्रमा उल्लेख भएको पाइन्छ । यस विधिको वैज्ञानिक पक्ष गर्भाधानको समयमा स्वस्थ मनस्थिति भए मात्र स्वस्थ प्रकृतिको बच्चा जन्मन्छ भन्ने हो । तर जवानीको जोशमा यस संस्कारको विधिवत कार्यान्वयन धेरैबाट हुन नसकेको यथार्थता पाइन्छ ।
२. जातकर्म संस्कार–यसभित्र बच्चा जन्मेर नाल काट्ने र नुहाउने कार्य पर्दछ । कसै कसैले नाल काट्नु अघि नै खुशियालीमा ब्राम्हणलाई दान दिने चलन छ । यसलार्ई प्रजातीर्थ दान भनिन्छ ।
३) नामाकरण संस्कार–यो संस्कार बच्चा जन्मेको ११ दिनमा दशमाससम्म गर्भमा सुरक्षित गर्ने र सो पछि पनि दीर्घायुको कामना गरी विभिन्न देवताको पूजा गरी ग्रह नक्षत्र अनुसार नाम जुराएर राख्ने चलन हुन्छ ।
(४) यसैगरी ५, ६, ७ महिनासभत्र अन्त खुवाउने अन्नप्रासन, ३ वर्ष भित्रमा छोराको केश मुण्डन गर्ने, कान छेड्ने र १२ वर्ष भित्रमा ब्रतबन्ध गरिने संस्कार रहेको हुन्छ । स्मरण रहोस् ब्रतबन्ध नगरेसम्म छोराछोरी आमा बाबुको क्रिया गर्न अनाधिकारिक मानिन्छन् । छोरीको भने गुन्यू चोली गरिन्छ ।
(५) विवाह संस्कार – यो संस्कार सामाजिक संरचनाको वैधानिक संस्कार मानिन्छ । यसले वंश परम्परा–रगतको नाता किटान गर्नुका साथै समाजलाई मानवीय मर्यादामा राख्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
(६) अन्त्येष्टि दाह संस्कार– यो संस्कार जीवनको अन्तिम संस्कार हो । यसलाई विभिन्न धर्मावलँबीले आ–आफ्नै पाराले गर्दछन् । यसमा शारीरिक, नैतिक र धार्मिक पक्ष समेटिएका हुन्छन् ।
यसरी हाम्रो समाजमा प्रचलित १६ संस्कार मध्ये सबैले गर्ने गरेका माथि उल्लेखित छ संस्कारको मात्र यहाँ चर्चा गरियो । अन्य संस्कारहरु पनि थोर बहुत मात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले गर्ने गरेको पाइन्छ । यसरी मानव जीवनको संस्कारको दायरा भित्र अल्झिएको हुनाले जति पनि संस्कारहरु मानिन्छ तिनैले संस्कृतिको रुपमा परम्परा बसालने हुँदा संस्कार र संस्कृतिलाई हाम्रो जीवन पद्दति भन्नुमा अन्यथा ठहरिंदैन ।
विर्तामोड नपा–४ झापा

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारसंस्कार र संस्कृति, हाम्रो जीवन पद्धति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img