Homeसमाचारसमाचारआज खण्डग्रास चन्द्रग्रहण

आज खण्डग्रास चन्द्रग्रहण

खण्डग्रास चन्द्रग्रहणको लागि तस्बिर परिणाम

जयन्त आचार्य
असार ३१ गते अर्थात आज मंगलवार राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण मंगलबार राति १ः४७ मिनेटमा प्रारम्भहुने छ । यो दृश्य नेपालबाट स्पष्टरुपमा देख्न सकिन्छ भने रातिको ४ः४५ माचन्द्रग्रहण समाप्त हुनेछ । खगोल शास्त्रीले जनाएका छन् । नेपालबाट पनि देख्न सकिने यो ग्रहण भारत, चीन मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आदि ठाउहरुबाट देख्न सकिन्छ भने क्यानडा तथा उत्तरअमेरिकामा बसोवास गर्ने मानिसहरुले. यो ग्रहणको अनुभव लिन पाउने छैनन् ।
चन्द्रग्रहणका किमिस
चन्द्रग्रहण दुइकिसिमका हुने गर्दछन् । खग्रास चन्द्रग्रहण तथा खण्डग्रास चन्द्रग्रहण । मंगलबारको चन्द्रग्रहण खण्डग्रास चन्द्रग्रहण हो अर्थात् यस दिन चन्द्रमाको केहि भागमात्र छेकिएको देखिन्छ ।
विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ््नो प्रकाश सम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको वेलामा गरेका थिए । खगोलविद् तथा वैज्ञानिकहरुका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रक्रियाको पुष्टिगर्ने सुनौलो अवसर हो भन्न सकिन्छ । ग्रहणको प्रभाव केवल मानवजातिमा मात्रहोइन अपि तु पशुपन्छि मा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिन्छ ।
धार्मिकजनहरु ग्रहणको स्पर्शकाल तथा मोक्षकालमा विभिन्न नदीतट, कुण्ड आदिमा गई ग्रहणनुहाई शुद्घ हुने गर्दछन् भने तान्त्रिकहरु तन्त्रको साधना तथा अघोरीमन्त्रहरुको साधना ग्रहणका बेलामा गर्दा सिद्घिहुने कुरामा विश्वास गरी यस्तो समयको उपयोग गर्ने गर्दछन् ।
सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणहरुलाई हाम्रो आखा भित्र पस्न नदिन विभिन्न खालका सावधानीहरु अपनाउनु पर्ने हुन्छ भने चन्द्रग्रहण जो कोहिले पनि नाङ्गो आखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलीस्कोप, वाइनाकुलर, क्यामरा वा अरुकुनै सामाग्रीले हेर्दा केहि असर गर्दैन चन्द्रग्रहणमा कुनै त्यस्ता आखालाइ हानी नोक्सानी पुर्याउने खालका किरणहरु आएका हुदैन ।
यदि तपाई धार्मिकहुनुहुन्छ र धर्ममा विश्वास गर्नुहुन्छ भने यही असार ३१ गते राति लाग्ने खण्डग्रासचन्द्रग्रहण कर्कट, तुला, कुम्भ तथा मीन राशिभएका मानिसलेमात्र यो चन्द्रग्रहण हेर्नहुने बताईएको छ भने मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु, मकर राशि भएका मानिसहरुले हेर्न नहुने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारआज खण्डग्रास चन्द्रग्रहण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img