Homeमहिलाजधन्य अपराध घट्यो,ठाडो उजुरी बढ्दै

जधन्य अपराध घट्यो,ठाडो उजुरी बढ्दै

भद्रपुर २९ माघ । महिलामाथि हुुने जधन्य अपराधका घटनामा कमी आएपनि हिंसाका घटनामा ठाडो उजुरीमा भने बृद्धि भएको पाइएको छ । गत वर्ष जबरजस्ती करणीका १२८ वटा मुद्दा दर्ता भएकामा चालु आवको पहिलो छ महिनामा २९ वटा मात्र जबरजस्ती करणीका घटना दर्ता भएसंगै महिलामाथि हुने जधन्य प्रकृतिका हिंसामा चालु आवमा कमी आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइालाले बताउनु भयो ।

त्यस्तै महिलामाथि हुने जधन्य अपराधकै रुपमा रहेको जबरजस्ती करणी उद्योगमा पनि गत वर्षको तुलनामा यो वर्ष कमी आएको छ । गत वर्ष ४५ वटा जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए भने चालु आवको पुस मसान्तसम्ममा ८ वटा मुद्दा दर्ता भएका छन् । त्यसैगरी गत वर्ष १५ वटा मानव बेचविखन तथा ओसार पसारका मुद्दा दर्ता भएका थिए भने चालु आवको यो अवधिमा ४ वटा मात्र मुद्दा दर्ता भएका छन् । गत वर्ष ३७ वटा बहुविवाहका मुद्दा आएको जिल्ला प्रहरीमा यो वर्ष ७ वटा बहुविवाहका घटना मुद्दाका रुपमा आएको प्रहरी प्रमुख कोइरालाले जानकारी दिनुभयो ।
यो आंकडा हेर्दा महिलामाथि हुने जधन्य प्रकृतिका घटनामा कमी आएको देखिन्छ । यसअघि आव २०७३/०७४ मा जबरजस्ती करणका ५७, जबरजस्ती करणी उद्योगका १७, मानव बेचविखन तथा ओसार पसारका १०, बहु–विवाह १५ र कर्तव्य ज्यानका २ वटा घटना दर्ता भएका थिए भने आव २०७४/०७५ मा जबरजस्ती करण ९९, ज.ज. करणी उद्योग ३४, मानव बेचविखन तथा ओसार–पसारका २७, बहुविवाह २५ र कर्तव्य ज्यानका २ वटा मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।
तर यो अवधिमा हिंसा पीडित महिलाले कारवाहीको माग गर्दै ठाडो निवेदन दर्ता गराउने संख्यामा भने क्रमिक रुपमा बृद्धि भएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा कुल २६० वटा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकामा आव २०७५/०७६ मा त्यसमा बृद्धि भई ३२७ वटा पुगेको छ भने चालु आवको पहिलो छ महिना (पुस मसान्तसम्म) मा २५५ वटा पीडित महिलाले कारवाहीको माग गर्दै प्रहरी समक्ष ठाडो निवेदन गरेका छन् ।
ठाडो उजुरीमार्फत आएका आव ०७४/०७५ का २६० उजुरी मध्ये २४७ वटामा मेलमिलाप भएको छ भने ४ वटा निवेदन मुद्दाको रुपमा अदालतमा गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । नौ वटा फस्र्यौट हुन बाँकी छ ।
त्यसैगरी ०७५/०७६ मा आएका ३२७ मध्ये २९५ वटा मेलमिलापको माध्यमबाट समस्या समाधान भएको छ भने ८ वटा निवेदन मुद्दाका रुपमा अदालतमा गएको प्रहरी कार्यालयले जनाएको छ । २४ वटा फस्र्यौट हुन बाँकी रहेका छन् ।

पीडित महिलाका ठाडो निवेदनलाई नियाल्दा ३६.८१ प्रतिशत मादक पदार्थ सेवन गरी श्रीमानबाट कुटपीट, सामाजिक सञ्जालमा अमर्यादित फोटो तथा विषयवस्तुको प्रकाशन ४.५१ प्रतिशत, श्रीमान बाहेक घर–परिवारका सदस्यबाट हिंसामा परेका १८.५२ प्रतिशत, परिवारमा खान लाउन नदिएको साथै जिविकोपार्जनका लागि सहयोग नगरेका ७.२४ प्रतिशत र अन्यमा ३२.९२ प्रतिशत रहेको पाइएको छ ।
हिंसा पीडितको उमेर समूहलाई विश्लेषण गरेर हेर्दा १८ वर्ष मुनीका ४.८७ प्रतिशत, १८ देखि २५ वर्ष उमेरका २५.५३ प्रतिशत, २५ देखि ४० वर्षका सबैभन्दा बढी ५०.४८ प्रतिशत, ४० देखि ६० वर्ष उमेर समूहका १८.१२ प्रतिशत र त्यो भन्दा माथिका पीडित हुनेको प्रतिशत १ रहेको छ ।
महिलामाथि हुने हिंसाका घटनामा मदिराजन्य तथा लागू औषध दुव्र्यसनी, पर निर्भरताका कारण हुने अपहेलना, आपसी मनमुटाव, सामाजिक संजाल प्रयोगको, आर्थिक अवस्था, पुरुषवादी दृष्टीकोण, पुरातनवादी कुसंस्कारभित्र जकडिएको सामाजिक परम्परा, महिलाहरुको उत्पादन मुलक श्रोत साधनहरुमा पहुँच र नियन्त्रणको कमी, शिक्षाको कमी, चेतनाको अभाव, मदक पदार्थ सेवन लगायतका कारण रहेको प्रहरीको ठम्याइ छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाजधन्य अपराध घट्यो,ठाडो उजुरी बढ्दै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img