Homeशिक्षाकालिका शिशु सदनको बार्षिकोत्सव

कालिका शिशु सदनको बार्षिकोत्सव

कालिस्थान २८ माघ । कालिका शिशु सदनको २० औं बार्षिक उत्सव दुईदिवसीय कार्यक्रमसहित सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका–१० मा रहेको विद्यालयले दुईदिवसीय कार्यक्रम अन्तर्गत खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
बर्षिक उत्सव समापन कार्यक्रमका प्रमुख अतिथि तथा प्याब्सन प्रदेश नं–१ का उपाध्यक्ष मिलन ढुङ्गानाले निजी विद्यालयले विदेश जाने विद्यार्थी

उत्पादन गरेको आरोप लाग्ने गरेकोप्रति आपत्ति प्रकट गर्दै आफूहरुले विश्ववजारमा प्रतिष्पर्धी विद्यार्थी उत्पादन गरेको दावी गर्नुभयो ।
निजीको सिको गर्दै सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यममा पठन–पाठन गराउने क्रम बढ्दा शिक्षकहरुले पढाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठेको वताउँदै ढुङ्गानाले पछिल्लो समय निजी र सामुदायिकको पाठ्यक्रम एउटै बनाउने नाममा सरकारले निजी विद्यालयले एल. केजी. र यु.केजी मा पढाउने विषयवस्तु सामुदायिक विद्यालयको कक्षा–१ म समेट्दा अन्योल उत्पन्न भएको धारणा राख्नुभयो ।
निजी विद्यालय सञ्चालनका लागि सरकारको स्पष्ट नीति आवश्यक रहेको बताउँदै उहाँले राज्यको कानूनको दायरामा रहने हो भने अंग्रेजी शिक्षा पढाउने नाममा सामुदायिक विद्यालयले शुल्क लिन नहुने टिप्पणी गर्नुभयो ।


विद्यालयका संस्थापक प्रिन्सिपल मोहन सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि तथा अर्जुनधारा नगरपालिका वार्ड नं–१० का अध्यक्ष बलदेव गोम्देनले विद्यार्थीका लागि अनुशासन महत्वपूर्ण रहेको चर्चा गर्दै कुनै पनि मानिस सफल हुन अनुशासन अपरिहार्य हुने धारणा राख्नुभयो ।
कार्यक्रममा कालिका बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णवहादुर तामाङ, निवर्तमान अध्यक्ष पदमलाल श्रेष्ठ, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
सोही अवसरमा विद्यालयले गतबर्षको नतिजा अनुसार विद्यालय प्रथम विद्यार्थी राजीव चिमरिया, द्वितीय सुजय तामाङ, तृतीय लिरोन मुखिया, बर्षोत्कृष्ठ विद्यार्थी राहुल रिजाल, सरसफाईमा प्रथम मान्सी थापा, आज्ञाकारी छात्र सलोन तिम्सिना, नियमित रुपमा विद्यालयमा उपस्थित हुने विद्यार्थीहरु सिर्जना भटराई, प्रगति कार्की, सौगात बराललगायतलाई पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा मिनु विमलीले स्वागत र आ.के महताराले सञ्चालन गर्नुभएको शिक्षक रमेश रिजालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षाकालिका शिशु सदनको बार्षिकोत्सव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img