काठमाडौं २४ भदौ / देशका सुरक्षा अंगका प्रमुखहरूले राजनीतिक संवादबाट समस्याको शान्तिपूर्ण समाधान निकाल्न अनुरोध गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकाल्दै शशान्तिपूर्ण समाधान निकाल्न आग्रह गरेका हुन् ।

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, गृह सचिवसहित नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिीरापूर्ण समाधान निकाल्न आग्रह गरेका हुन् । जेनजी पुस्ताको आन्दोलनका कारण देशको स्थिति गम्भिर बन्दै गएसंगै देशका सुरक्षा निकायले समाधानको बाटो खोज्न आग्रह गरेका हुन् ।

































































































