बिर्तामोड १७ साउन । नेवार समुदायले हरेक बर्ष नाग पञ्चमीको दिन देखि विधिवत रूपमा “लाखे नाच’ शुभारम्भ गर्दछन् । त्यस दिन देखी शुभारम्भ गरिएको लाखे कृष्ण जन्माष्टमीको दिन विधिवत् रूपमा समापन गर्ने चलन छ।
यस बर्षको’ लाखे नाच ‘पनि शुभारम्भ भैसकेको छ । विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले बिगतका बर्षहरुमा झै ‘लाखे नाचलाई ‘निरन्तरता दिएका छन् । पछिल्लो समय नेवा: संस्था तथा समुदायले भाषा, संस्कार र संस्कृति संरक्षण र प्रवर्धनमा विषेश चाखो संगै ठूलो मिहिनेत गरेको देखिन्छ। विभिन्न स्थानमा लाखे नाच प्रशिक्षण, धिमे बाजा प्रशिक्षण, नृत्य प्रशिक्षण लगायत विभिन्न कक्षाहरु संचालन गर्न शुरु गरेको छ । झापा जिल्लामा पनि नेवा: भाषा,कला , संस्कार र संस्कृति संरक्षणमा नेवा संस्था नेवा: पासा मुना पुच: लगायत अन्य खल पुच: हरू बाट महत्वपूर्ण र रचनात्मक कामहरू भैरहेको छ ।
नेवा: पासा मुना पुच: लगायत झापा जिल्लाका खलपुचहरूको सामुहिक प्रयासमा झापामा सामुहिक ‘लाखे जात्रा तथा सांस्कृतिक कार्यक्रम ‘ शुरु गरिएको छ । सामुहिक प्रयासमा ‘सामुहिक लाखे तथा सांस्कृतिक कार्यक्रमले ‘ गत बर्ष झै यस बर्ष पनि निरन्तरता पायो।
‘””भाषा,कला र संस्कृतिको ज्ञान, नेवा: जातिको साझा पहिचान ” भन्ने मुल नाराका साथ झापा जिल्लामा दोस्रो ‘सामुहिक लाखे जात्रा तथा सांस्कृतिक’ कार्यक्रम यस बर्ष काकडभिट्टामा सम्पन्न भएको छ ।
नेपाल सम्वत् ११४५ गुंलाथ्व अषटमीका दिन नेवा: खल पुच झापाको आयोजना तथा नेवा: समाज मेचीनगर ६ को सह- आयोजनामा “”सामुहिक लाखे जात्रा तथा सांस्कृतिक ”कार्यक्रम मेची नगरको सामुदायिक भवनमा भव्यताका साथ सम्पन्न भएको हो ।
‘सामुहिक लाखे जात्रामा ‘झापा जिल्लाका आठ वटा विभिन्न खल पुचहरु, झिगु खल धुलावारी, नेवा:खल बुधबारे, नेवा: पासा मुना पुच: बिर्तामोड ,गुठी समाज परिषद् पृथ्वीनगर, नेवा: समाज कल्याण गुठी भद्रपुर,झिगु समाज दमक, पासा मुना पुच: नेवा खल बाहुनडाँगी र इन्द्रपुर नेवा:खल पुच मोरङ: ले मेचीनगरको काकडभिट्टामा सामुहिक ‘लाखे जात्रा ‘ प्रदर्शन गरे भने मेची नगर वडा नं ६ स्थित सामुदायिक भवनवाट शुरु गरिएको लाखे रयालीले आ – आफ्नो व्यानर सहित काकडभिट्टा बजार परिक्रमा गर्यो।
सधैं तराईको चर्को घाममा लाखे प्रदर्शन गर्दै आएको झापाका खल पुचहरूले आज पानीमा रूजेर लाखे प्रदर्शनी र रयाली गरे ।
रयाली र सामुहिक लाखे प्रदर्शनी पछि साँस्कृतिक तथा औपचारिक कार्यक्रम शुरुवात भएको थियो । सांस्कृतिक कार्यक्रमको उद्घाटन नेवा: पासा मुना पुच : बिर्तामोडको महिला समुहले धिमे बाजा बजाएर गरेका थिए । कार्यक्रममा खल पुचहरु द्वारा नृत्य साथै गायन प्रस्तुत गरिएको थियो । जिल्लाका खल पुच: पदाधिकारीहरु, सदस्यहरू,मित्र राष्ट्र भारत आसामका नेवा: समुदायको समेत उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नेवा: समाज काँकडभिट्टाका अध्यक्ष कमल गुभाजुले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता सम्पदा तथा संस्कृति कर्मी रत्न मर्हजनको रहेको थियो । बिशेष अतिथिमा मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी ,उप- प्रमुख मिना पोखरेल उप्रेती रहनुभएको थियो । नेवा: समुदायका विशिष्ट व्यक्तित्वहरू साथै सामाजिक व्यक्तित्वहरूको आतिथ्यता रहेको उक्त कार्यक्रममा नेवा: समाज काकडभिट्टाका उपाध्यक्ष मुक्ति श्रेष्ठले स्वागत र संचालन सचिव उषा श्रेष्ठ गर्नु भएको थियो।
गत साल पहिलो पटक सामुहिक ‘लाखे जात्रा प्रदर्शन’ तथा सांस्कृतिक कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको थियो। त्यसबेला बिर्तामोड ४ मा अवस्थित नेवा: छे भवनमा आठ वटै खल पुचहरु भेला भै व्यानर सहितको लाखे रयालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो भने वन स्टप मल अगाडि सामुहिक लाखे प्रदर्शन पछि ईन्द्रेणी बयांकवेटमा सास्कृतिक कार्यक्रम पछि कार्यक्रम सम्पन्न भएको थियो।
सामुहिक दोस्रो लाखे जात्रा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

































































































