बिर्तामोड १७ साउन । खानपान लगायत दैनिक जीवनमा सावधानी अपनाउन नसकेका कारण मुटुराेगका विरामीकाे संख्या बढिरहेका बेला हर्ट फाउन्डेसन झापा, रोटरी, रोट्याक्ट क्लब बिर्तामोड र सुरुङगाको समन्वयमा बिर्तामोडमा बिशेषज्ञसंग अन्तरक्रियाकाे तयारी गरिएकाे छ ।
बिर्तामाेडस्थित सहारा नेपालकाे सभाहलमा निश्चित सहभागीकाे उपस्थितिमा गर्न लागिएकाे अन्तरक्रियाकाे मुख्यवक्ताकाे रूपमा मुटु राेग बिशेषज्ञ राजेन्द्र कोजु रहेकाे आयाेजक हर्ट फाउन्डेसन झापाका जिल्ला अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।
नाम दर्ता गर्न सहभागी हुन चाहनेलाई अनुरोध गरेको छ । अन्तर्क्रिया कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था छ ।

































































































