Homeसमाचारलागू औषध ओसार पसारमा संलग्न एकहजार ९८५ जना प्रहरी नियन्त्रणमा

लागू औषध ओसार पसारमा संलग्न एकहजार ९८५ जना प्रहरी नियन्त्रणमा

झापा ७ साउन । विभिन्न प्रकृतिका प्रतिबन्धित लागू औषध बेचविखन तथा ओसार पसार संलग्न एकहजार नौसय ८५ जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार कोशी प्रदेश भरमा गत आर्थिक वर्ष २०८१/०८२ मा मात्रै लागू औषध ओसार पसार तथा बेचबिखनमा संलग्न एकहजार नौसय ८५ जना पक्राउ परेको जनाएको छ ।
कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न जिल्ला जिल्लामा प्रहरी परिचालन गरिएका थिए । कोशी प्रदेश प्रहरी कार्यालयले कोशीका १४ वटै जिल्लामा गत आर्थिक वर्षमा कुन जिल्लाबाट कति परिमाणको कुन कुन प्रकृतिको लागू औषध नियन्त्रणमा लिइयो भन्ने तथ्याङ्कसहित सार्वजनिक गरेको छ ।


लागूऔषधको प्रयोग र ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्ने उद्देश्यले बिभिन्न किसिमको रणनीति बनाएर अघि बढेको जनाएको छ । लागू औषधको प्रयोगले व्यक्ति, परिवार, समाज राष्ट्रलाई नै नकारात्मक असर पुर्याउन सक्ने खतरालाई मध्यनजर गर्दै पछिल्लो समय प्रहरीले लागू औषध ओसार पसारमा संलग्नको खोजी कार्यलाई तीब्र बनाएको छ । लागूऔषधको प्रयोगका कारण समाजमा हत्या, लुटपाट, चोरी लगायतका बिभिन्न प्रकारका अपराधिक घटना समेत घट्न सक्ने सम्भावनालाई मध्य नजर गर्दै यसको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी सक्षम रहेको दावी समेत गरिएको छ ।
लागू पदार्थ सेवनले भविष्यमा पुग्न सक्ने असरबारे विभिन्न सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुको सहकार्यमा सचेतना समेत जगाउँदै आएको प्रहरीले लोकमार्ग तथा भित्री सडकहरुमा चेकजाँज, सिमा नाका तथा शंकास्पद ठाउँहरुमा कुकुर सहितको चेकजाँच, शंकास्पद व्यक्ति, यात्रुवाहक तथा मालवाहक सवारी साधनको चेकजाँच, सिमावर्ती भारतीय नाकाहरुमा प्रहरी परिचालन गरी लागूऔषधको ओसार पसार, बिक्री वितरण तथा भण्डारण गर्नेलाई कानूनी कारवाहीको प्रक्रिया समेत अघि बढाएको जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलागू औषध ओसार पसारमा संलग्न एकहजार ९८५ जना प्रहरी नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img