बिर्तामोड ७ साउन । प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार उद्दव पुरीलाई प्रदान गरेको छ ।
प्रेस सेन्टर नेपालले बुधबार झापाको बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी दुईदशक यता पत्रकारितामा क्रियाशिल पत्रकार पुरीलाई पुरस्कार प्रदान गरेको हो । पुरी हाल शब्दपत्र अनलाइनका प्रकाशक–सम्पादक हुन् ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङले नगद रु. ४२ हजार र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरेका थिए ।
प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष तारामणि सापकोटाले एक दशक अघि पाँच हजार राशीबाट सुरु गरेको पत्रकारिता पुरस्कारको राशी क्रमशः बढाउँदै गतवर्षदेखि ४२ हजार पुर्याएको हो ।
उक्त पुरस्कारबाट यसअघि पत्रकारहरु चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, बिमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा र झुलन रेग्मी पुरस्कृत भइसकेका छन् । त्यस्तै यसै वर्षदेखि सुरु गरेको ‘डि–कौडिन्य पत्रकारिता स्मृति पुरस्कार अक्षयकोष’ मा आर्थिक सहयोग पुर्याउने दाताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्रेस सेन्टरका प्रदेश सदस्य आइपि भट्टराई, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङ, माओवादी केन्द्र प्रदेश नं. –१ का उपाध्यक्ष बिजय साम्पाङ, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव दिपिन राई, देवकुमार आचार्य (डि–कौडिन्य) की धर्मपत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, जनवादी पत्रकार मन्च झापा संयोजक प्रविण अधिकारी, मिडिया नेपाल झापाका अध्यक्ष रन्जित प्रसाईं लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
प्रेस सेन्टरका केन्द्रिय सदस्य एबम् नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले डि–कौडिन्यको जीवनीमाथी चर्चा गरेको कार्यक्रम प्रेस सेन्टर नेपालका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रम प्रकाश उप्रेती र राजन साम्पाङले संचालन गरेका थिए ।
डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार पुरीलाई प्रदान

































































































