बिर्तामोड ८ साउन । उपभोक्तालाई राहतमा वितरण गरिएको काठ प्रहरी कै संरक्षण र संलग्नतामा तस्करी हुदै इलामको रोङ गाउँपालिका–२ युवाहरुले दावी गरेका छन् ।
रोङ –२ स्थित बर्फल्याङ्ग सामुदायिक बन लगायतका बनहरुबाट काठ तस्करी हुदै आएको उनीहरुको दावी छ । काठ तस्करी रोक्नका लागि स्थानीय सचेत युवाहरुले प्रयत्न गरेपनि प्रहरीसहित अन्य विभिन्न राजनीतिक दलमा संलग्न केही व्यक्तिले समेत चुप लागेर नबसे फसाई दिनेसम्मको धाकधम्की दिएको उनीहरुको भनाई छ ।
विकृति विरुद्ध आवाज उदाउँदा असुरक्षित महसुस भएको बताउँदै बिर्तामोडमा पत्रकार सम्मेलन गरेर विकृति विसंगति विरुद्ध साथ दिन आग्रह छन् ।
शसस्त्र प्रहरी अर्जुनधाराको सहयोगमा स्थानीय युवाको सक्रियतामा गत असार ३ गते रातको ३ बजेको समयमा मे १ ज ११६५ नम्बरको पिकअप गाडीमा लोड गरिएको सखुवा जातको ३८.४८ क्युफिट चिरान काठ बरामद गरेर प्रहरीलाई जिम्मा लगाएका थिए ।
अर्जुनधारा १ नेते खोला आसपासबाट काठसहितको मे १ ज ११६५ नम्बरको पिकअप युवाहरुले प्रहरीलाई जिम्मा लगाएका थिए ।

तर, प्रहरी चौकी बर्फल्याङ प्रहरी चौकीकी असई छत्रा श्रेष्ठ, बनका पूर्व अध्यक्ष लक्ष्मीकान्त घिमिरे र राजनीतिक दलका नेतासहितको मिलेमतोमा तस्करीमा संलग्नलाई उन्मुक्ति दिने र ढुवानीमा संलग्न साधान समेत छुटाउनका लागि खेलो भइरहेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
गलत कार्य विरुद्ध चालेको अभियानमा जिल्ला प्रहरी कार्यालय इलाम र सब डिभिजिन बन कार्यालय सुरुंगाले पनि चासो नदिदा हामी आफूहरु समस्यामा परेको उनीहरुको भनाई छ।
स्थानीय ११ जना युवाहरुको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘यस सन्दर्भमा देखाई दिने, तिमीहरुले केहि गर्न सक्तैनौ, हामी संग पाउर छ, हामी विरुद्ध लाग्नेलाई फसाई दिन्छौ जस्ता अविव्यक्तिले कतै बिकृती विरुद्ध आवाज उठाउने हामीलाई फसाउने षडयन्त्र त भएको छैन ? भन्ने आशंका उब्जिएको छ ।
यत्तिका दिन सम्म घट्नामा प्रत्यक्ष संलग्न असई माथी छानविन नहुनु, तस्करमा संलग्न कानुनी दायरामा नआउनु, सामुदायिक बनले अहिले सम्म चासो नदेखाउनुले तस्करीको जालो कहा सम्म फैलिएको छ भन्ने आशंका गर्ने प्रसस्त आधार रहेको छ ।’ हामी सम्पुर्ण पत्रकारहरुलाई एकपल्ट सोही क्षेत्रमा स्थलगत अवलोकन गर्दै सम्बन्धित निकायको जवाफदेहिता खोजी दिन आग्रह गर्दछौ ।’
स्थानीयले नारदमणी दहालले काम सकेर घर फर्कने क्रममा असार ९ लगभग साढे नौ बजेतिर काठ लोड गरिएको गाढी फेला परेपछि प्रहरीकै संलग्नतामा काठ तस्करी भइरहेको आशंका बढेको हो ।
बेलुका अवेर काठ लोड गरिएको गाढी बाटोमा भेटिएपछि त्यसको खोजी गर्ने क्रममा प्रहरीसंग भनाभन समेत भएको स्थानीय युवा नारदमणी दहालले बताए ।
स्थानीय सिधासाधालाई बेलुका नौ बजे नै सुतिसक्नु भन्दै प्रहरीले भन्ने गरेको दिनेश लामिछानेले बताए ।
यसअघि अर्जुनधाराको शसस्त्र प्रहरीसहितको सहयोगमा पक्राउ गरेको गाडी पनि स्थानीय युवाहरुले राति निगरानी गर्ने क्रममा काठ तस्करी भएको पाइएपछि शसस्त्र प्रहरीलाई खबर गरेका थिए ।



















