Homeसमाचारसमाचारदेशभरका २० संघ संस्थाका प्रतिनिधिलाई संस्थागत क्षमता अभिबृद्वि तालिम

देशभरका २० संघ संस्थाका प्रतिनिधिलाई संस्थागत क्षमता अभिबृद्वि तालिम

काठमाडौ ११ मंसिर । महिला आवद्व संघ संस्थाहरूकाे संस्थागत क्षमता अभिबृद्विका लागि काठमाडौंमा तीनदिने तालिम शुरू भएकाे छ ।
महिलाकाे शसक्तिकरण तथा संस्थागत विकासका लागि काम गर्दै आएकाे संस्था टेवा नेपालले देशभरबाट अनुदान छनाैटमा परेका २० वटा संघ संस्थाका ४० जना पदाधिकारी तथा प्रतिनिधि सहभागीलाई तालिम दिईएकाे हाे ।
तालिमकाे पहिलाे दिन टेवा नेपालकी संस्थापक रिता थापाले प्राकृतिक रूपमा अद्भूत क्षमता भएका महिलाहरू सामाजिक संरचनागत साेचका कारण पछि परेकाे उल्लेख गर्दै आफूमा भएकाे क्षमतालाई चिनेर अघि बढ्न उत्प्रेरित गर्नुभयाे । समाजमा समान रूपमा बाँच्न र अधिकार प्राप्त गर्न महिलाले अहिले पनि संघर्ष गर्नु परिरहेकाे तिताे यथार्थ रहेकाे बताउनु भयाे ।
राजनीतिमा महिला सहभागिताबारे संविधानमै सुनिश्चित भएपनि कार्यान्वयनमा आउन नसक्नु दु: खद भएकाे धारणा राख्दै आगामी स्थानीय निर्वाचनमा प्रमुखमा कम्तिमा १५ प्रतिशत महिला निर्वाचित गर्ने गरि सामाजिक क्षेत्रमा क्रियाशिल महिलाले शसक्त रूपमा अभियान चलाउनु पर्ने बताउनु भयाे । पालिकाकाे प्रमुखमा महिला सहभागी बढाउन थापासहित सामाजिक क्षेत्रका अगुवा महिलाहरूले अनुपम अभियान नै सञ्चालन गर्दै आएका छन् ।


तालिममा टेवाले अन्य संघ संस्था बलियाे विभिन्न ४ किसिमका सहयाेग गर्दै आएकाे छ । सकेसम्म नेपालबाटै सहयोग जुटाएर महिला शसक्तिकरणका लागि अनुदान सहयाेग गर्दै आएकाे संस्थाले शिक्षा, स्वास्थ्य, कानुनी अधिकार, सामाजिक, राजनीतिक, सिमान्तकृत, याैनिक अल्पसंख्यक,अपाङ्गता, पिछडिएका क्षेत्रका महिलाकाे आर्थिक शसक्तिकरण, वातावरणीय क्षेत्र सुधार, महिलावादी मानवीय सहायता, महिलावाली आन्दाेलन सुदृढीकरण लागि प्राेत्साहन गर्दै आएकाे छ ।
तालिममा अनुदानका प्रकार, नेतृत्व विकास र हस्तान्तरण (मेन्टर) सामुदायिक सुरक्षा जालाे परियाेजना, टेवाकाे अर्थ संकलनकाे आधार र याेगदान लगायतका विषयमा जानकारी दिइएकाे छ ।
टेवाले सम्मान अनुदान, आधार अनुदान, सुरक्षा अनुदान र संस्थापिका काेष अनुदान जस्ता अनुदान दिंदै आएकाे छ
तालिमको पहिलाे दिन टेवा नेपालकी बरिष्ठ अनुदान अधिकृत अनुजा श्रेष्ठ, अध्ययन अनुगमन तथा मूल्यांकन अधिकृत मुना पाेखरेल, संस्थागत अनुदान संकलन ( स्राेत व्यवस्थापन) सम्बन्धि बसन्ती लामाले सहजीकरण गर्नुभएकाे थियाे ।
२९ वर्ष अगाडि थापाको परिकल्पनामा स्थापना भएकाे टेवाले हालसम्म देशभरका ७६ वटा जिल्लाका ६६४ वटा महिला मात्र आवद्व संघसंस्थालाई अनुदान प्रदान गरेकाे जनाएकाे छ

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारदेशभरका २० संघ संस्थाका प्रतिनिधिलाई संस्थागत क्षमता अभिबृद्वि तालिम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img