HomeFeatured 2सम्झौता अनुसार नै सरकार चल्छ : सिटौला

सम्झौता अनुसार नै सरकार चल्छ : सिटौला

बिर्तामोड १३ मंसिर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसले गरेको सम्झौता अनुसार वर्तमान सरकार पुरै अवधि सञ्चालन हुने बताउनुभएको छ ।
नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा आयोजित पार्टी पदाधिकारी र नेपाल तरुण दल झापाको संयुक्त भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले कांग्रेसले कहिल्यै धोकाको राजनीति नगर्ने स्पष्ट पार्नुभयो ।
‘धोकाको राजनीतिमा बढी चलखेल गर्दा प्रचण्ड नेतृत्वको सरकार उनकै कारणले ढलेको हो’–उहाँले भन्नुभयो–‘विश्वास र इमान्दारिता नै नेपाली कांग्रेसको पहिचान र सम्पत्ति हो । कांग्रेसले सत्ता साझेदार दल र जनतालाई कहिल्यै ढाँटेको छैन ।’
२००७ सालदेखि संविधान निर्माणसम्मका हरेक राजनीतिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको उल्लेख गर्दै पूर्व गृहमन्त्री समेत रहनुभएका नेता सिटौलाले भन्नुभयो–‘शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत विस्तार, विकास निर्माण लगायतका सबै नीतिनिर्माण कांग्रेसकै नेतृत्वमा भएका हुन् । यिनै नीतिका आधारमा गाउँ–गाउँमा विकास र शिक्षा पुगेको छ ।’
वैचारिक, सैद्धान्तिक र सांगठनिक धरातलमा रहेर समुदायकेन्द्रित कार्यक्रम गर्न नेपाल तरुण दललाई निर्देशन दिनुभएका नेता सिटौलाले जनजीविका र विकास निर्माणलाई आफ्ना गतिविधिमा जोड्न आह्वान गर्नुभयो ।
राजनीतिमा नयाँ पुस्ता आइसकेको र हिजोको पुस्ताले तानाशाही शासन ब्यवस्था फाल्न नेपाली कांग्रेसले गरेको संघर्षबारे बुझाउन जरुरी रहेको बताउँदै उहाँले नयाँ पुस्तालाई राजनीतिक मुभमेन्टमा जोड्न युवाकेन्द्रित कार्यक्रम गर्न आग्रह गर्नुभयो ।
सहकारी ठगका पछि भुलभुलैयामा लागेका युवालाई ठगीसम्बन्धी यथार्थ कुरा बुझाएर तरुण दलको संगठनमा आबद्ध गर्न पनि नेता सिटौलाले तरुण नेताहरुलाई आह्वान गर्नुभयो ।
राजनीतिक दलको तागत वैचारिक धरातल र सिद्धान्तमा आधारित हुने बताउँदै उहाँले हरेक परिवर्तनहरुमा बैचारिक आन्दोलनको नेतृत्व गरेका कारण वैचारिक क्रान्तिको उत्तराधिकारी कांग्रेस कार्यकर्ता हुनु गौरवको विषय हो ’–भन्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले तरुण दल पार्टीको शक्ति भएको बताउँदै पद खाली रहेका स्थानमा पदपूर्ति गरेर तरुण दलका गतिविधि क्रियाशिल बनाउन तहगत संरचनाहरुलाई आह्वान गर्नुुभयो ।
नेपाल तरुण दल झापाका अध्यक्ष गोपाल तामाङको अध्यक्षतामा सम्पन्न भेलामा भूमीराज राई, राजकुमार नेउपाने, गोकुल श्रेष्ठ, लवकुमार चौधरी, राजीव लिम्बू, तुला बोखिक, विशाल तामाङ, शेरबहादुर बस्नेत, खड्ग लिम्बू, अर्जुनकुमार शर्मा, मोहन बराइलीलगायतले आ–आफ्नो धारणा राखेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सम्झौता अनुसार नै सरकार चल्छ : सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img