Homeसमाचारबिर्तामोडमा मेलमिलापकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम शुरु

बिर्तामोडमा मेलमिलापकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम शुरु

भद्रपुर ९ मंसिर । झापाको बिर्तामोडमा मेलमिलापकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण सम्बन्धी तालिम उद्घाटन भएको छ। मेलमिलाप परिषद नेपालको आयोजनामा सञ्चालित तालिम आइतबार देखि शुरु भएको हो।
सर्वोच्च अदालतका न्यायाधीश एवं मेलमिलाप परिषदका अध्यक्ष कुमार रेग्मीको प्रमुख आथित्यता तथा परिषदका सचिवालय प्रमुख अर्जुनप्रसाद कोइराला, झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेल, न्यायाधीशहरु प्रकाशकुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, ऋतबहादुर पुलामीमगर, श्रेस्तेदार किरणकुमार सिंह, बार इकाई झापाका उपाध्यक्ष भिम प्रसाद बराल लगायत परिषदका उपसचिव नवराज दंगालको उपस्थिति रहेको थियो । तालिम मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि मेलमिलाप परिषद अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश रेग्मीले यो तालिमले मेलमिलाप प्रशिक्षक स्थानीय स्तरमा उत्पादन हुने र पालिकामा मेलमिलाप कर्तालाई तालिम दिन पालिकाले प्रशिक्षक खोज्नु नपर्ने बताउनु भयो। उहाँले मेलमिलाप विवाद समाधानको बैकल्पिक उत्तम उपाय भएको र मेलमिलाप प्रक्रियाबाट विवाद समाधान भएमा छिटो छरितो एवं जित जितको अवस्था भै पक्षहरू बीच सामाजिक सम्बन्ध समेत पुनःस्थापित हुने हुदा मेलमिलापको ठूलो महत्व रहेको बताउनु भयो।
उद्घाटन कार्यक्रममा बोल्दै परिषदका सचिवालय प्रमुख कोईरालाले मेलमिलापकर्तालाई प्रोत्साहित गर्न प्रशिक्षक प्रशिक्षण त्इत् कार्यक्रम परिषदले गरेको बताउनु भयो भने अदालतका प्रमुख न्यायाधीश लुईटेलले अदालतको योजनाले समेत मेलमिलापलाई प्राथमिकता दिएको हुँदा तालिम लिएर थप मेलमिलापकर्ता उत्पादन गरी अदालतको मेलमिलाप केन्द्रमा समेत सूचीकृत हुन सहभागीबाट अदालतले अपेक्षा लिएको बताउनु भयो।
तालिममा झापाका १५ वटै पालिकाबाट मेलमिलापकर्ता २० जना र कानुन र न्यायको क्षेत्रमा काम गरेका ४ जना सहित २४ जनाको सहभागीको रहेको भनी झापा जिल्ला अदालत प्रशासन शाखाका अधिकृत रामचन्द्र बस्नेतले बताउनु भयो।
मेलमिलाप विज्ञ डा कुमार आचार्य मुख्य प्रशिक्षक रहनुभएको तालिमको सहजीकरण मेलमिलाप परिषदका शाखा अधिकृत नरेश कार्कीले गर्नु भएको छ।
मेलमिलाप परिषद नेपाल नामक संस्थाषकेन्द्रमा मात्र रहेको र मेलमिलापबाट विवाद समाधान गर्ने कार्यविधिको समग्र पक्षको ब्यबस्थापन गर्न र मेलमिलापकर्ताको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने गराउने उद्देश्यले मेलमिलाप सम्बन्धी ऐन, २०६८ को दफा २६ बमोजिम स्थापना भएको संस्था हो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडमा मेलमिलापकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img