Homeसमाचारअर्जुनधारा जलेश्वरधामको ४२ औं धार्मिक अनुष्ठान प्रारम्भ

अर्जुनधारा जलेश्वरधामको ४२ औं धार्मिक अनुष्ठान प्रारम्भ

अर्जुनधारा ८ मंसिर । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धामले धर्मगुरुहरुलाई बोलाएर अष्टोत्तोर श्रीमद्भागवत महापुराण पाठ पारायण तथा हवनात्मक महायज्ञ प्रारम्भ भएको छ ।
४२ औं बार्षिक अनुष्ठान अन्तरगत धामले आयोजना गरेको महायज्ञको श्री १००८ स्वामी कालीबाबा र श्रीकृष्ण प्रणामी धर्मका मंगलधाम कालिम्पोङका गादीपति गुरुजी श्री १०८ मोहनप्रियाचार्यले शनिवार संयुक्तरुपमा अनुष्ठानको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि १००८ स्वामी कालीबाबाले अर्जुनधारा जलेश्वरधाम दिव्यस्थल र सिद्धक्षेत्र भएको बताउँदै यहाँ आउन पाउँदा आफूलाई अति गौरव र खुशी लागेको बताए ।
उनले महाभारतकालीन इतिहास बोकेको अर्जुनधारा जलेश्वरधाम धाम पुण्यभूमि भएको बताउँदै अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा सहभागी भएर पुण्यको भागी बन्न सबैलाई आह्वान गरे ।
नेपालको ओखलढुङ्गामा जन्मेका कालीबाबाले उच्च शिक्षाका लागि दार्जिलिङतर्फ लागेपछि भारतकै विभिन्न ठाउँमा गरेका तपस्याका कारण उहाँ सिद्धि प्राप्त बाबा रुपमा चिनिन्छन् । डेढवर्षसम्म नबसी नसुती जंगल घुमेका कालीबाबाले ब्रम्हपुत्र छेउको जंगलमा ११३ दिन सम्म ध्यान गरेर बुद्धत्व प्राप्त गर्नुका साथै फरक फरक समयमा २ पटक ९३÷९३ दिन ध्यानमा बसेको बताइन्छ ।
उनले नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्न सबै जुट्नुपर्ने बताउँदै आफूहरू हिन्दूराष्ट्र कायम गर्न अन्तिम समयसम्म लडिरहने प्रतिबद्धता जनाए ।
त्यस्तै श्री १०८ मोहनप्रियाचार्यले अर्जुनधारा जलेश्वरधामको महत्व पौराणिककालदेखि रहेको बताए । उनले सनातन धर्मको बारेमा धारणा राख्दै हिन्दूराष्ट्र कायम गर्न आग्रहसमेत गरे ।
त्यस्तै श्यामानन्दजी महाराजले नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गर्नुपर्ने बताए।
कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, नेपाल सरकारका पूर्वअर्थमन्त्री महेश आचार्य, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीको अध्यक्षतामा सम्पन्न अनुष्ठान समुद्घाटन कार्यक्रममा अर्जुनधारा संस्कृत गुरुकुलका वटुक छत्रपति गुरागाईंले संस्कृत भाषामा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
मूल अर्चक अग्नीप्रसाद सिग्देलले धामको इतिहासबारे प्रकाश पार्दै बालाचतुर्दशी पर्वको अवसरमा ४२ औं बार्षिक अनुष्ठान अन्तर्गत धामले तय गरेका यज्ञयज्ञादिसहित अन्य कार्यक्रमबारे जानकारी गराएका थिए ।
अनुष्ठान प्रारम्भ हुनु पूर्व धाम परिसरबाट निस्किएको शोभायात्राले अर्जुनधारा नगर परिक्रमा गरेको थियो।
यसैबीच अर्जुनधारा अतिथि सदनको शिलान्यास गरिएको छ । श्री १००८ स्वामी कालीबाबा र श्री १०८ मोहनप्रियाचार्यले अर्जुनधारा अतिथि सदनको संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
अर्जुनधारा अतिथि सदन निर्माणका लागि अर्जुनधारा नगरपालिकाले २० लाख र वडाहरूले प्रतिवडा पाँचलाखका दरले ७५ लाख रूपैयाँ दिने बचन दिएको र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापाले कोशी प्रदेशको तर्फबाट ५० लाख रुपैयाँ दिने प्रतिवद्धता जनाएको धामका अध्यक्ष गट्टानीले जानकारी दिए ।
अनुष्ठानबाट संकलित रकमले ५० लाख रहेको अक्षयकोषलाई २ करोड पुर्याउने लक्ष्य राखिएको छ । अर्जुनधारा संस्कृत पाठशालामा अध्ययन गर्ने बटुकका लागि खाद्यान्न व्यवस्थापन लगायतका काम गर्ने उद्देश्यले २ करोडको अक्षयकोष स्थापना गर्नको संकल्प धाम समितिले यसअघि नै गरेको थियो । धामको ४२ औं अनुष्ठानमा १०८ आचार्यका साथ १०८ यजमानसहितको सहभागितामा अष्टोत्तर श्रीमद्भागवत महायज्ञ पाठपारायण तथा हवनात्मक कार्यक्रम तय गरिएको प्रचार प्रशार समितिका संयोजक निरज ओलीले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअर्जुनधारा जलेश्वरधामको ४२ औं धार्मिक अनुष्ठान प्रारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img