दमक ६ मंसिर । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने भएको छ ।
लुङा प्रकाशन परिवारको आज बिहीबार बसेको बैठकले आउँदो मंसिर २१ गते शुक्रबार एक समारोहका बीच दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने निर्णय गरेको पत्रिकाका प्रकाशकरसम्पादक सेसेमी से। नाल्बोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रिका २५ वर्ष अघि पाँथथरको साविक मौवा गाविस, हाल तुम्बेवा गाउँपालिका २ स्थायी ठेगाना राखी प्रकाशन सुरु भएको थियो । दमक १ सम्पर्क कार्यालय रहेको लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरी विशेषाङ्क प्रकाशन गरेको हो ।
दुई पत्रकार पुरस्कृत हुने
सोही समारोहका बीच दुई जना पत्रकारलाई याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने विज्ञप्तिमा उल्लेख छ ।
याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कार २०७९ र २०८० बाट क्रमशः इत्तुङ्साङ समसामयिक पत्रिकाका प्रकाशकरसम्पादक थाकुहाङ मेरिङ र धड्कन पत्रिका ९भारत, आसाम०का प्रकाशकरसम्पादक लोकमान सुब्बा आङशदेम्बे पुरस्कृत हुने छन् ।
पुरस्कृत पत्रकारद्वयलाई नगद २० हजार रूपैयाँ राशीसहित तामापत्र प्रदान गरिने छ ।
यसअघि २०७४ देखि ०७८ सम्म सो पुरस्कार याक्थुङ साम्नी यम्बुगेनले पाँचथरको फिदिमबाट वितरण गरेकोसमेत विज्ञप्तिमा उल्लेख छ ।
लुङा पत्रिकाले रजत वर्ष विशेषाङ्क विमोचन गर्दै, दुई पत्रकारलाई पुरस्कार

































































































