HomeFeatured 2कांग्रेसको सयदिने अभियान अन्तरगत २ नं. क्षेत्रीय भेला सम्पन्न

कांग्रेसको सयदिने अभियान अन्तरगत २ नं. क्षेत्रीय भेला सम्पन्न

बिर्तामोड ६ मंसिर । नेपाली कांंग्रेस केन्द्रीय समितिको परिपत्र एवं नेपाली कांग्रेसस झापाको गत मंसिर २ गते सम्पन्न बैठकको निर्णय बमोजिम शुरु भएको सयदिने अभियान अन्तरगत झापा क्षेत्र नम्बर –२ स्तरीय भेला बिर्तामोडमा आज सम्पन्न भएको छ ।
सयदिने कार्यक्रमको पूर्वतयारी लागि झापा क्षेत्र नम्बर–२, प्रदेशसभा क र ख को कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, यस क्षेत्रका जिल्ला समितिका पदाधिकारी, सदस्य, पार्टीबाट निर्वाचित जनप्रतिनिधि एवं उम्मेदवार, पार्टीका भातृ तथा शुभेच्छुक संघ– संस्थाका प्रतिनिधिहरुको संयुक्त भेला सम्पन्न भेला सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समितीका सदस्य रेगिना भट्टराई प्रसाईं र शोभा श्रेष्ठ नेम्बाङ, झापा सचिब कृष्ण हुमागाईंले आगामी मंसिर २२ गते बिराटनगरमा हुने कोशी प्रदेश स्तरीय भेला एवं सम्मेलन, सयदिने अभियान अन्तरगत, टोलदेखी गाउँ नगर एवं क्षेत्रीय भेला, संगठन सुदृढीकरण अभियान, कचनकबल–सगरमाथा जागरण अभियान लगायतका बिषयमा प्रकाश पार्नुभएको थियो ।
झापा २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत किरण श्रेष्ठ र सञ्चालन लक्ष्मीप्रसाद आचार्यले गर्नुभएको थियोे ।
अभियान अन्तरगत क्रियाशिल सदस्यको नवीकरण, नयाँ वितरण प्रक्रिया, वडा तहदेखि नै तथ्याङ्क अभिलेखीकरण, तहगत संरचनाको नियमित कार्यक्रम सञ्चालनका लागि वार्षिक क्यालेन्डर निर्माण, पार्टीका अग्रज नेता एवं प्रजातन्त्र सेनानीहरुसँगको भेटघाट र अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएका छन् ।
अभियान अन्तरगत नै झापामा मंसिर ११ गतेदेखि २२ गतेसम्म टोल र वडा समितिको बैठक एवं भेला, मंसिर २४ गते विर्तामोडमा भातृ तथा शुभेच्छुक संघसंस्थाको जिल्लास्तरीय संयुक्त भेला, मंसिर २६ गतेदेखि पुष ३ गतेसम्म गाउँ÷नगर भेला एवं सम्मेलन, पौष ६ गतेदेखि १० गतेसम्म पाँचवटै क्षेत्रको क्षेत्रीय भेला तय गरिएको छ भने पुष १६ गते अभियानको समापन तथा कोशी प्रदेशस्तरीय कचनकबल–सगरमाथा जागरण अभियान यात्रा प्रारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कांग्रेसको सयदिने अभियान अन्तरगत २ नं. क्षेत्रीय भेला सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img