काठमाडौं ६ असोज । मेडिकल व्यवलसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराधको मुद्दामा प्रसाईँ पक्राउ परेका हुन् । आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित प्रसाईंको निवासमै तीनवटा भ्यानसहित प्रहरी पुगेको थियो। साइबर ब्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो। गेट नखुलेपछि नाघेरै प्रहरी छिरेर पक्राउ गरेको हो। त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरी घरमा पक्राउ गर्न आएपछि प्रसाईंले केही समर्थकलाई नाराबाजीको लागि आउन आग्रह गरेपनि उनीहरु नआइपुग्दै प्रहरीले प्रसाईलाई पक्राउ गरेर लगेको हो।
साइबर अपराध मुद्दामा दुर्गा प्रसाईँ पक्राउ

































































































