HomeFeatured 2विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

धरान असोज । विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराजकुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने सुविनकुमार साह निर्विरोध निर्वाचित भए । प्रतिष्ठानमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत देव निकटतम प्रतिष्पर्धीलाई २५२ मतान्तरले पछि पार्दै २ वर्षे कार्यकालको लागी देव निर्वाचित भएका हुन् ।
शनिवार प्रतिष्ठानमा भएको समाजको निर्वाचनमा अध्यक्षका लागी ७ जनाले प्रतिस्पर्धा गरेका थिए । देवको निकटतम प्रतिष्पर्धी जमुना वनले २९३ मत पाएकी थिइन भने अध्यक्षका अर्का उम्मेदवार दिवस पन्थले २५५ मत पाएका थिए । अध्यक्षका अन्य प्रतिष्पर्धीहरुले क्रमशः कृष्ण कुमार यादवले १४६ ,दिपेशकुमार सिंहले १०५ र धिरज उदासले १८ मत पाएका थिए । वरिष्ठ उपाध्यक्षमा भने ६३७ मत ल्याउँदै मो.महमुद नुरी विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी राजीव रञ्जन दीक्षितले ५७६ मत ल्याए ।
जुनियर रेजिडेन्ट तर्फ उपाध्यक्ष डाक्टर विशाल गुरुङ निर्विरोध निर्वाचित भए भने एमबिबिएस तर्फ उपाध्यक्ष सदिच्छा न्यौपाने ६३१ मत ल्याउँदै निर्वाचित हुँदा विडिएस तर्फ उपाध्यक्ष ४९५ मत ल्याउँदै निर्वाचित भए । नर्सिङ तर्फ उपाध्यक्षमा कान्तिपुर बास्तोला ७१९ मत ल्याउँदै विजयी भइन । सचिवमा ६५४ मत ल्याउँदै राम उद्गार साह विजयी हुँदा कोशाध्यक्षमा ६९४ मत ल्याउँदै हार्दिक गोयल निर्वाचित भए । विडिएस तर्फ सदस्यहरूमा अर्जुन यादव (१४२) ,विजयकुमार यादव (१२०),सुदिप सोनी (११५) विजयी भए भने नर्सिङ तर्फ गोत्री नाथ (१००)र सकृला घले गुरुङ (९७) विजयी भए । ए. लाइट साइन्स तर्फ सदस्यमा सतरोहन यादव (४६) विजयी हुँदा एम पिएच तर्फ जीवन नारायणकुमार चौहान र बेसिक साइन्स (नर्सिङ बाहेक) रचना पुरी निर्विरोध निर्वाचित भए । सदस्य जुनियर रेजिडेन्ट तर्फ डाक्टर तरन्नुम वानो , डाक्टर विष्णु खरेल र डाक्टर अमोल कुमार यादव निर्विरोध निर्वाचित भए । एमबिबिएस तर्फ सदस्यमा भविष्य विष्ट (३३३) सन्दीप विक (३२०) यतेन्द्र यादव (२८४) प्रवीण भट्टराई (२४६) र मो. असररुल अन्सारी (२४४) विजयी भए ।
नवनिर्वाचित अध्यक्ष देवले प्रतिष्ठानको विकास सँगै विद्यार्थीहरूको हक अधिकारी सुनिश्चितताको लागी सधैँ लागी पर्ने बताए । १६७० मतदाता रहेका समाजको शनिवार भएको निर्वाचनमा १२७८ मत खसेको निर्वाचन आयुक्त प्राध्यापक डाक्टर समसेर श्रेष्ठले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img