HomeFeatured 2प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्न थेवेको सुझाव

प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्न थेवेको सुझाव

बिर्तामोड ८ असोज । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले आफूमा प्रतिष्पर्धी क्षमता अभिबृद्धि गरेर धैर्यतापूर्वक अघि बढ्न आदिबासी/जनजाति महासंघमा आबद्ध पदाधिकारी/सदस्यलाई सुझाव दिएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिबासी/जनजाति महासंघ झापाको भेलालाई सम्बोधन गर्दै सभापति थेवेले भने–‘डोकोमा दूध दोएर अडिदैन, दुधेरो नै चाहिन्छ, भन्ने कुरा बुझ्नुस् । कसैले पद ल्याएर घरमा राखिदिदैन, सबैसँग प्रतिष्पर्धा गर्ने क्षमता अभिबृद्धि गर्नुस् । सक्रिय रहनुस्, धैर्यता गर्नुस्, म पनि आदिबासी जनजाति संघको खुड्किलो टेकेरै यहाँसम्म आइपुगेको हुँ ।’ थेवे झापामा पहिलोपटक आदिबासी/जनजाति संघ गठन हुँदा संस्थापक अध्यक्ष थिए। आफू सक्षम भए पार्टी एवं जनप्रतिनिधि सबै क्षेत्रमा कुनै न कुनै दिन महत्वपूर्ण स्थान प्राप्त हुने दृढता ब्यक्त गर्दै उनले सक्रियता र धैर्यता राख्न आदिबासी जनजातिलाई आग्रह गरे ।
कोशी प्रदेशका ९ जिल्लामा आदिबासी जनजाति मुलका ब्यक्ति नेपाली कांग्रेस पार्टीको जिल्ला सभापति रहेको तथ्यांक प्रस्तुत गर्दै सभापति थेवेले यस उपलब्धिप्रति गर्व गरेर सबै समुदायलाइ धन्यवाद दिनुपर्ने धारणा ब्यक्त गरे ।
आफ्नो जिम्मेवारी र जफाबदेहिता बुझ्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले कस्तुरी सुगन्ध खोज्न कुदेजस्तो नगर्न सुझाव दिए । “ म प्रश्न गर्ने ठाउँमा छु कि जबाफ दिने ठाउँमा छु भन्ने कुरा मनन गरेर अघि बढ्नुस्’–सभापति थेवेले जवाफदेही स्थानमा भएकाहरुले पनि आफूलाई पार्टीका विभिन्न विषयमा प्रश्न सोध्ने गरेकोप्रति संकेत गर्दै जिम्मेवारी र जवाफदेहिता बहन गर्न सबै कार्यकर्तालाई अनुरोध गरे ।
कृयाशिल सदस्यता बितरण गर्दा पार्टीको नीति, सिद्धान्तप्रती प्रतिबद्ध ब्यक्तिलाई बितरण गर्न पनि उनले मातहतका निकायलाई निर्देशन दिए।
कार्यक्रममा संघका उपाध्यक्ष हस्तबहादुर आङदेम्बे, जिल्ला सदस्यहरु विष्णुमाया बेघा, सन्तोष राजवंशी, नारायण धिमाल, २ नम्बर क्षेत्रीय सभापति लवकुमार चौधरी, ४ नम्बर क्षेत्रीय सभापति अम्मरसिंह आङदेम्बे, ३ नम्बर क्षेत्रीय सभापति भिमराज फियाक, ५ नम्बर क्षेत्रीय सभापति जितु धिमाल, क्षेत्र नम्बर ४ प्रदेशसभा क का सभापति छिरिङ लामा, ३ क का सभापति हर्क नेम्बाङ, अर्जुनधारा नगर सभापति इन्द्रसेन तामाङ, बुद्धशान्ति गाउँ समिति सभापति मानबहादुर तामाङ, मेचीनगर नगर सभापति नगेन्द्र तामाङ लगायतले मन्तब्य राखेको जानकारी नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले दिए ।
दिलकुमार नेम्बाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन मोहनकुमार लिम्बूले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्न थेवेको सुझाव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img