Homeसमाचारसमाचारभद्रपुरमा कृषि क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम सुरू

भद्रपुरमा कृषि क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम सुरू

द्रोण अधिकारी
भद्रपुर पुस ।
भद्रपुर नगरपालिकाले व्यवसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरी किसान परिचय पत्र वितरण सुरू गरेको छ ।
नगर सरकारले व्यवसायिक कृषिको वातावरण सुरक्षित राख्न कृषिमा सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत किसान परिचयपत्र वितरण अभियान थालेको हो ।
संघीय सरकारबाट प्राप्त शसर्त अनुदान अन्तर्गत प्राप्त दुई लाख रकममा नगर सरकारले १० लाख थप गरी वडा नम्वर १ र २ मा किसान परिचय पत्र वितरण गरिसकेको छ भने वडा नम्वर ३ र ४ मा किशानहरूको पहिचानको काम गरिरहेको हो ।
नगर कृषि शाखाका निमित्त प्रमुख सुमन विमलीका अनुसार नगर कार्यपालिकाले तय गरेको माप दण्ड अनुसार भद्रपुर नगर क्षेत्रमा व्यावसायिक कृषि कर्म गरिरहेका किसानहरूको स्थलगत अनुगमन पश्चात पहिचान गरेर किशान परिचयपत्र वितरण गरिने गरिएको छ ।
पछिल्लो चरणमा वडा नम्वर ३ र ४ का किशानहरूको विवरण लिएर परिचयपत्र प्रमाणिकरण प्रकृयाका लागि वेबसाइटमा नाम सार्वजनिक गरिएको छ ।
यसका लागि नेपाल सरकारको शर्सत अनुदानबाट आउने बार्षिक २ लाख रकम कम भएपछि बाँकी काम रहेका वडामा एकमुष्ट किसान परिचयपत्र वितरण गर्न नगरपालिकाले १० लाख रकम विनियोजन गरेर काम अगाडि बढिरहेको निमित्त प्रमुख विमलीको भनाइ छ ।
यस्तै भद्रपुर नगरपालिकाले पशुपालन र कृषि कर्ममा कृषकलाई सहज वातावरण निर्माण गर्न नगरको दक्षिणी क्षेत्रमा पर्ने वडा नं १, २ र ३ लक्षित गरी कृषि र पशुको प्राविधिक सेवा बिस्तार गरेको छ । यस सेवा केन्द्र स्थापनासंगै सयौ पशुपालक कृषक लाभान्वित भएको नगर कृषि तथा पशुपन्छी शाखाको दावी छ ।
यता कृषिको वाली लगाउदा हुने जोखिमबाट लगानी सुनिश्चित गर्न कृषि बिमा कार्यक्रम लागु गरेको भद्रपुरमा त्यसको लाभ लिन कुनै पनि किशानले चासो नराखेको पाइएको छ ।
कृषि बिमा निशुल्क गर्न नगर सरकारले बजेट बिनियोजन गरेको भए पनि कृषकले लगाउने कुनै पनि बालीको कृषि बिमा गर्न माग गरेका छैनन् ।
त्यस्तै नगरपालिकाले नगर क्षेत्रमा कृषि प्रयोजनका लागि सञ्चालन गरिने कृषि सिचाईको विद्युत महशुलको ५०% रकमं नगरपालिकाले तिरिदिने घोषणा गरेको छ ।
नगर प्रमुख गणेश पोखरेलका अनुसार कृषि उत्पादनको लागत घटाएर व्यवसायिक कृषिमा किशानको आकर्षण बढाएर अन्न उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर गराउन अनुदान कार्यक्रम ल्याइएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारभद्रपुरमा कृषि क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम सुरू
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img