HomeFeatured 2अदालत परिसरबाट प्रहरीलाई झुक्याएर भागेका थुनुवा होटलबाट पक्राउ, हत्कडी डस्विनमा

अदालत परिसरबाट प्रहरीलाई झुक्याएर भागेका थुनुवा होटलबाट पक्राउ, हत्कडी डस्विनमा

काठमाडौं पुस। काठमाडौं जिल्ला अदालत परिसरबाट बुधबार दिउँसो भागेका एक थुनुवा २४ घण्टा पनि बित्न नपाउँदै पक्राउ परे । ठगी मुद्दामा अदालतमा म्याद थप्न ल्याइएका ३२ वर्षीय कमल खड्का अदालतको दोस्रो तलाबाट प्रहरीको आँखा छलेर हत्कडीसहित भागेका थिए ।
प्रारम्भिक अनुसन्धानअनुसार खड्कालाई लिएर अदालत उक्लिएका महानगरीय प्रहरी वृत्त महाराजगन्जका एक वरिष्ठ हवल्दार पत्र बनाउन कोठाभित्र प्रवेश गरेको मौकामा खड्का हत्कडीसहित भागेका थिए । अदालतभित्र अरु प्रहरीहरु पनि परिचालन हुने गरेपनि खड्काले सबैलाई जिल्याएका थिए ।
उनले अदालत परिसरबाट निस्कँदै गर्दा हत्कडी फुकालेको पाइएको छ । उनले कसरी हत्कडी फुकाले भन्नेमा प्रहरी अचम्मित छ ।
अदालतबाट निस्किएका खड्का पठाओ चढेर भक्तपुरको दुवाकोटस्थित साथीको कोठामा मदिरा सेवन गरेर राति जडिबुटीस्थित न्यु दोलखाली गेस्ट हाउसमा आएर सुतेका थिए । प्रहरीले गेस्ट हाउसबाट बिहीबार बिहान खड्कालाई पक्राउ गरेको हो । खड्काको परिवार दुवाकोट कोठामा बस्दै आएको छ ।
प्रहरीले खड्काको साथीको कोठाबाट हत्कडी बरामद गरेको छ । हत्कडी डस्टबिनमा फ्याँकेको अवस्थामा बरामद भएको थियो । प्रहरीका अनुसार हत्कडी नकाटीकन फुकालिएको पाइएको छ ।
अभद्र मुद्दामा ५ हजार रुपैयाँ धरौटी तिर्न नसकेर थुनामा पुगेका खड्का मंगलबार मात्र छुट्न लागेका थिए ।
धरौटी बुझाएलगत्तै महाराजगन्ज वृत्तमा अर्को मुद्दा पनि रहेको भन्दै उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । प्रहरीका अनुसार नक्कली डलर देखाएर ठगी गरेको आरोपमा उनीविरुद्ध महाराजगन्ज वृत्तमा जाहेरी परेको थियो ।
त्यसअघि स्वयम्भु प्रहरीले पनि डलर ठगी प्रकरणमै उनलाई पक्राउ गरेपनि प्रमाण जुट्न नसकेपछि अभद्रमा मुद्धा चलाएको थियो । बिहीबार बिहानै काठमाडौं उपत्यका छाड्ने तयारी गरेका खड्का कहाँ छन् भन्नेबारे प्रहरीले बुधबार राती नै यकिन गरिसकेको थियो ।
खटिएका प्रहरीका अनुसार स्वयम्भु प्रहरीको हिरासतमा रहेका बेला खड्कालाई निरन्तर भेट्न आएका व्यक्ति पत्ता लगाएर प्रहरीले खड्कासम्म पुग्ने बाटो बनाएको थियो । प्रहरीले प्राविधिक अनुसन्धान गरेर ती व्यक्तीको खोजी गरेको थियो । ती व्यक्ति भेटिएलगत्तै खड्काको नजिकै प्रहरी पुगेको थियो ।
काठमाडौं प्रहरी परिसरले घटनालाई लिएर महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी प्रमुखलाई स्पष्टीकरण र थुनुवा भाग्दा साथमै रहेका वरिष्ठ हवल्दारलाई निलम्बन गरेको छ । (स्राेेत नेपाल प्रेस)

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अदालत परिसरबाट प्रहरीलाई झुक्याएर भागेका थुनुवा होटलबाट पक्राउ, हत्कडी डस्विनमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img