Homeसमाचारचिया बगानका मजदुर लक्षित निःशुल्क स्वास्थ्य शिविर

चिया बगानका मजदुर लक्षित निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोड ७ भदौ । झापा जिल्लाका चिया बगानका मजदुर तथा विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।
‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तरगत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले झापाको मेचीनगर–७ स्थित अरनिको माविमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । नेकपा (माओवादी केन्द्) को तीन महिने अभियान अन्तरगत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशले प्रत्येक जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जनाइएको छ ।
बिशेष गरेर महिलाहरुलाई प्राथमिकतामा राखेर हुने निःशुल्क स्वास्थ्य शिविरमा झापा भरका जो कोहीले पनि परिक्षण गर्न सक्ने प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघकी केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश फ्याक्सन इन्चार्ज अञ्जना पोखरेलले जानकारी दिइन् । निःशुल्क स्वास्थ्य शिविरको संयोजन नेकपा ९माओवादी केन्द्र० झापाले गर्ने जनाइएको छ ।
जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशको आयोजना तथा प्राविधिक सहयोगमा मेचीनगरस्थित राज टि स्टेट र सतीघट्टा टि स्टेटमा काम गर्ने मजदुरसहित जिल्ला भरका मजदुरका लागि स्वास्थ्य शिविर सञ्चालन हुने अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेश इन्चार्ज भूपाल सापकोटाले जानकारी दिए ।
स्वास्थ्य शिविरमा जनरल फिजिसियन, जनरल सर्जरी, स्त्रि तथा प्रसुति रोग, दन्त चिकित्सा, भिडियो एक्स रे, ल्याव तथा इसीजी, हाडजोर्नी तथा नशा रोग, नव शिशु तथा बाल रोग, क्यान्सर रोग स्क्रिनिङ, नाक, कान, घाँटी रोग, आँखा रोग, छाला तथा यौन रोग, छाती तथा पेट सम्बन्धी रोग सेवा उपलब्ध रहेको जनाइएको छ ।
स्वास्थ्य शिविरमा परिक्षण गर्नेको आर्थिक अवस्था हेरेर शल्यक्रिया गर्नु पर्ने भए २५ देखि ५० हुँदै सतप्रतिशत छुटसमेत गरिने फ्याक्शन इन्चार्ज पोखरेलले जानकारी दिइन् । शनिवार भदौ ९ गते बिहान १० बजेदेखि स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचिया बगानका मजदुर लक्षित निःशुल्क स्वास्थ्य शिविर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img