HomeFeatured 2झिलझिलेका प्रहरी निरीक्षक इन्चार्ज कटुवालमाथि बञ्चरो प्रहार

झिलझिलेका प्रहरी निरीक्षक इन्चार्ज कटुवालमाथि बञ्चरो प्रहार

बिर्तामोड । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको छ । बिहीबार साँझ ६ः५० बजे शिवसताक्षी–९ झरनापुल नजिकै कटुवालमाथि आक्रमण भएको हो ।
आक्रमणबाट कटुवालको टाउकोमा आठ र हातको औँलामा चोेट लागेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
झरना पुल नजिकै लागूऔषध प्रयोगकर्ताले ब्राउनसुगर प्रयोग गरिरहेको सूचना पाएका कटुवालको कमाण्डमा रहेको सादा पोशाकको प्रहरी टोलीले मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही ढंगले चलाएको पाएपछि सोधपुछ गर्ने क्रममा उनीमाथि बञ्चरो प्रहार भएको थियो । तीन जना सवार मोटरसाइकलको पछाडी बसेका सोहि ठाउँका ३६ बर्षीय अशोक पोखरेलले इन्स्पेक्टर कटुवालमाथि बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक ३२ बर्षीय विकास भनिने अरुण तामाङ्, मोटरसाइकलको बिचमा सवार सोहि स्थानका ३३ बर्षीय लक्ष्मण टुडु, बञ्चरो हान्ने पोखरेलसहित मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झिलझिलेका प्रहरी निरीक्षक इन्चार्ज कटुवालमाथि बञ्चरो प्रहार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img