Homeसमाचारमुख्यमन्त्री थापालाई सभाध्यक्षकोसहित ४७ मत, विश्वासको मत प्राप्त भएको घोषणा

मुख्यमन्त्री थापालाई सभाध्यक्षकोसहित ४७ मत, विश्वासको मत प्राप्त भएको घोषणा

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सभाध्यक्ष इस्राइल मन्सुरीसहित मतदान गरी ४७ सांसदले समर्थन गरेका छन् । सभाध्यक्ष मन्सुरीले आफ्नो आशनबाटै मुख्यमन्त्री थापालाई मत दिएका हुन् ।
सभामा उपस्थित कूल सदस्य संख्या ७७ मध्ये थापाको पक्षमा ४७ पुगेको हो । सभाध्यक्ष इस्राइलले बराबरी भएमात्रै मत दिन पाउने संविधानको धारा १८६ विपरित मतदान गरेका हुन् ।

निर्लज्जताको पराकाष्ठा कार्की
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाका अध्यक्षता गरेका इसराइल मन्सुरीको मत लिएर विश्वासको मत प्राप्त गरेपछि नेकपा एमालेले निर्लज्जताको पराकाष्ट भएको टिप्पणी गरेको छ ।
केन्द्रीय गठबन्धनको निर्देशन अनुसार प्रदेशको गठबन्धनले निर्लज्ताको पनि पराकाष्ट गरेको नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले टिप्पणी गरे । पूर्व मुख्यमन्त्री नेता सत्तारुढ गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भएको समेत बताए ।
उनले अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भइरहेको समेत बताए । उनले सर्वोच्च अदालत जाने नजाने भन्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमुख्यमन्त्री थापालाई सभाध्यक्षकोसहित ४७ मत, विश्वासको मत प्राप्त भएको घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img