HomeFeatured 2सेवा प्रवाह मूल्याङ्कनमा बिर्तामोड नगर अस्पताल पहिलो

सेवा प्रवाह मूल्याङ्कनमा बिर्तामोड नगर अस्पताल पहिलो

बिर्तामोड । बिर्तामोड नगर अस्पताल सेवा प्रवाह मूल्याङ्कनमा प्रथम भएको छ । आर्थिक वर्ष २०७९÷०८० को स्वास्थ्यतर्फको वार्षिक समिक्षा कार्यक्रम अन्तर्गत विभिन्न सुचाङ्क मूल्याङ्कनका आधारमा नगर अस्पताल प्रथम भएको हो ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी र तथ्याङ्क अधिकृत चुडामणि लुइटेलसहितको उपस्थितिमा आज (शनिबार) नगरपालिकामा आयोजित समिक्षात्मक कार्यक्रमबाट नगर अस्पताल प्रथम भएको मूल्याङ्कन गरिएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. सुनिल अधिकारीलाई कार्यबाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी र स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले संयुक्त रुपमा प्रथम भएको प्रमाण पत्र प्रदान गरेका थिए ।
यस्तै सेवा प्रवाह मूल्याङ्कनमा वडा नम्बर ८ मा रहेको गरामनी आधारभुत स्वास्थ्य चौकी द्वितिय र वडा नम्बर ६ को आधारभुत स्वास्थ्य केन्द्र तृतिय भएका छन् । द्वितिय र तृतिय स्वास्थ्य संस्थाहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको छ ।
यसैविच नगरपालिकाले उत्कृष्ठ २ जना कर्मचारीलाई नगद ५ हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । बिर्तामोड नगरअस्पतालकी सि.अनमी अधिकृत ओमकुमारी गुरुङ र निरिक्षक अजय विश्वकर्मालाई सम्मान गरिएको हो।
गुरुङलाई आमा सुरक्षा, परिवार योजना लगायत स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमलाई प्रवद्र्वन गर्न, स्वास्थ्य सेवालाई समुदायस्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएवापत र विश्वकर्मालाई क्षयरोग, कुष्ठरोग लगायत स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमहरुलाई प्रवद्र्वन गर्न महत्वपूर्ण भुमिका निर्वाह गरे वापत सम्मान गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख राजिव कृष्ण विष्टले जानकारी दिए ।
कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले नगर अस्पतालको भौतिक संरचना व्यवस्थित गर्ने काम भईरहेको जानकारी दिए। बाल अवस्थामा रहेको अस्पताललाई वयस्क बनाउने जिम्मा स्वास्थ्यकर्मीहरुकै भएकोे उल्लेख गर्दै कर्तव्यनिष्ठ भएर काम सुझाए। जनघनत्वको हिसावले बिर्तामोड ठुलो रहेका कारण अन्य पालिकाकै तुलनामा बिर्तामोडलाई नहेर्न स्वास्थ्य कार्यालय मार्फत सरकारलाई आग्रह समेत गरे ।
आवश्यक वजेटको अभावमा भएपनि नगर अस्पतालमा धेरै काम गरेको भन्दै उनले नागरिक मैत्री सेवा प्रभाव गर्न कर्मचारीहरुलाई सुझाव दिए ।
नगर अस्पतालमा बिमा सेवा, २४ सै घण्टा निःशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा, बालरोग विशेषज्ञ सेवा, सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला ल्याव, बच्चाहरुको नियमित खोप लगायतका सेवाहरु उपलव्ध छन् । डाइलोसिस सेवा, २४ सै घण्टा इमरजेन्सी सेवार थाइराइड टेष्ट लगायतका अन्य महत्वपूर्ण सेवा प्रवाह गर्ने तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सेवा प्रवाह मूल्याङ्कनमा बिर्तामोड नगर अस्पताल पहिलो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img