बिर्तामोड । पत्रकार तथा कवि राजेस ढुङ्गानाद्वारा लिखित ‘सुकिला मान्छेहरुको सामुहिक मृत्यु’ कृतिमाथि प्यानल डिस्कसन गरिएको छ ।
नेपाली लेखक संघ झापाको आयोजनामा बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा सम्पन्न कार्यक्रममा कवि ढुङ्गानाद्वारा लिखित कृतिमाथि लेखनाथ भट्टराई, भवानी क्षेत्री र पुण्य बरालले धारणा राखेका थिए ।
उत्तर आधुनिकतावाद बोकेको कृतिले बिद्रोहको भाव बोलेको उल्लेख गरेका थिए ।
लेखक संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समिरबाबु कट्टेलले गरेका थिए भने प्यानल डिस्कसनको सहजीकरण लीला अनमोलले गरेकी थिइन् ।
कार्यक्रममा अमेरिकामा निधन भएका झापाका साहित्यकार विजय खरेलको स्मृतिमा शोकसभा समेत सम्पन्न गरेको थियो ।
ढुङ्गानाको ‘सुकिला मान्छेहरुको सामुहिक मृत्यु’ माथि प्यानल डिस्कसन

































































































