Homeसमाचारको हुन नवनियुक्त मुख्यमन्त्री उद्वव थापा ?

को हुन नवनियुक्त मुख्यमन्त्री उद्वव थापा ?

इन्दु पूर्वेली
झापा ।
नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्वव थापा कोशी प्रदेशको मुख्य मन्त्रीमा नियुक्त भएका छन् । सत्ता गठबन्धन दलबाट कांग्रेसका थापालाई मुख्य मन्त्री बनाउने दलहरुबीच सहमति जुुटेसंगै थापाले आज मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
यसअघि गत असार १५ गते एमालेका मुख्य मन्त्री हिम्मत कार्कीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि कार्की नेतृत्वका प्रदेश सरकार अल्पमतमा परेको थियो । गत पुसमा गठित प्रदेश सरकारलाई दिएको समर्थन जनता समाजवादी पार्टीले फिर्ता लिएसंगै कार्की नेतृत्वका सरकार अल्पमतमा परेको थियो ।
आफू विद्यार्थी छँदै नेपाली कांग्रेसले अख्तियार गरेको प्रजातान्त्रिक समाजवादको बाटो पक्रिएका झापा अर्जुनधारा नगरपालिका वडा नं–७ निवासी थापा २०३४ सालमा औपचारिक रुपमा नेविसंघमा आबद्ध भए ।
०३४ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका थापा २०३५ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय व्यवस्था स्थापनका भएको प्रचार अभियानमा कांग्रेस नेता विपी कोइरालाको सुरक्षा दस्तामा सहभागी थिए ।
पार्टी संरचनामा सानोदेखि उपल्लो तहसम्मको जिम्मेवारी संहाल्दै आएका थापा तत्कालीन अर्जुनधारा गाविसको पार्टी सभापति, २ कार्यकाल २ नम्बर क्षेत्रीय सभापति, एक कार्यकाल जिल्ला सचिब, एक कार्यकाल जिल्ला उपसभापति हुँदै जिल्लाको नेतृत्वमा पुगे ।


राजनीतिमा निकै अनुभवी मानिने उनको अर्को पर्याय हो विकास प्रेमी नेता । उनले आफू निर्वाचनमा पराजित भए पनि स्थानीयको आवश्यकता बमोजिम सानादेखि ठूल–ठूला विकासे आयोजनाहरु सञ्चालन सँधै मध्यस्थता गरिरहे । कांग्रेसको सरकार हुँदा होस् वा अन्य पार्टीको सरकार हुँदा समेत जिल्लामा पुल, सडक, सिंचाई, खानेपानी लगायतका संरचना निर्माणका लागि बजेट ल्याउने कार्यमा उनले महत्वपूर्ण भूमिका खेलेका छन् ।
दुई कार्यकालसम्म नेपाली कांग्रेस झापा जिल्ला समिति सभापतिको जिम्मेवारी कुशलतापूर्वक संहालेका थापाले पार्टी सञ्चालनका लागि दीगो आर्थिक स्रोत चाहिन्छ भन्ने सोच राखेर आर्थिक ब्यवस्थापन गरेका थिए । दोस्रो कार्यकाल जिल्ला सभापति हुँदा थापाले ‘पाँच ब’ को शुरुवात गरेका थिए । विकासमा सहभागिता, विचारमा परिपक्वता, व्यवहार असल, वित्तीय ब्यवस्थापन, विपदमा सहयोग लगायतका ‘पाँच ब’ को शुत्र प्रभावकारी बनेको थियो । जसले पार्टीको आर्थिक व्यवस्थापनमा सहजता भएको उनका समकालीन बताउँछन् । पार्टीमा कर्मचारीलाई तलव खुवाउन समेत समस्या भएका बेला उनले ल्याएको नीति र अवधारणाले जिल्ला पार्टीे कार्यालय सञ्चालन एवं कार्यक्रम सञ्चालन/ब्यवस्थापनमा सहजता भएको छ ।
लगभग साढे चार दशकको राजनीतिक यात्राका क्रममा उनी पहिलोपटक समानुपातिक प्रणालीबाट प्रदेश सांसद बने । त्यसलगत्तै नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतामा विजयी भए ।
मुलुक संघीय संरचनामा गएपछी पहिलो पटक कांग्रेसको प्रदेश संरचना अन्तरगत कोशी प्रदेश सभापतिको जिम्मेवारी सम्हाल्न गुरुराज घिमिरेसंग प्रतिष्पर्धा गरेका थापाले घिमिरेलाई २ मतान्तरले पछि पार्दै प्रदेश सभापतिमा बाजी मारेका थिए । थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका थिए ।
प्रजातान्त्रिक शासन ब्यवस्थाका लागि भएका आन्दोलनमा सक्रियतापूर्वक सहभागी थापा दोस्रो जनआन्दोलनका क्रममा पक्राउ परेका थिए । तत्कालीन शाही नेपाली सेनाको मातहतमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक व्यारेकमा राखेर उनलाई चरम यातना दिएको थियो । नव नियुक्त थापाले वाणिज्य शास्त्रमा स्नातक गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारको हुन नवनियुक्त मुख्यमन्त्री उद्वव थापा ?
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img