HomeFeatured 2कोशी प्रदेशको मुख्य मन्त्रीमा उद्वव थापा नियुक्त, ३० दिनमा विश्वासको मत लिने

कोशी प्रदेशको मुख्य मन्त्रीमा उद्वव थापा नियुक्त, ३० दिनमा विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धब थापाले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् ।
उनले सभामुखले वर्तमान सरकार गठनका क्रममा गरेको हस्ताक्षरको विषयमा आउने दिनमा संविधानको व्याख्यामार्फत प्रष्ट पार्ने संकेत गरे । ‘यो गलत छ या यो ठीक छ भन्ने कुरा संविधानले नै प्रष्ट पार्छ,’ थापाले भने, ‘तटस्थ सदस्यको नाताले उहाँले समर्थन गर्नुभएको हो । सभामुखलाई हामीले विवादमा पारेका छैनौं । उहाँ सभामुखसंगै प्रदेशसभाको सदस्य पनि हो, ९३ जनामै पर्नुहुन्छ ।
उनले आफ्नो प्राथमिकता प्रदेशको विकास र समृद्धि रहेको बताए । ‘यो सरकारको प्राथमिकता समग्र प्रदेशको विकास र समृद्धि, आर्थिक उन्नतिको कुरा नै हुनेछन् । स्वास्थ्य, शिक्षा प्राथमिकतामा रहनेछ । पहिचानको मुद्दालाई पनि वार्ताको माध्यमबाट वार्ता समिति गठन गरेर अधिकतम सम्बोधन गर्ने प्रयास गर्ने बताए । थापाले प्रदेशको नाम अहिले परिवर्तन नहुने स्पष्ट पारे ।
उनले आफूहरुबीच आलोपालोको कुरा नभएको तर, गठबन्धनले नै समग्र कार्यअवधिभर काम सरकार चलाउने दाबी गरे । उनले भोली हुने शपथग्रहणको क्रममा केही मन्त्रीहरुलाई शपथ गराउने बताए ।
यसअघि मुख्यमन्त्रीका लागि दावी पेश गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । प्रदेश प्रमुखको कार्यालयमा नियुक्तिका गठबन्धन दलहरुको तर्फबाट दाबी प्रस्तुत गरे लगतै प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखले नियुक्ति पत्रमा ‘संविधानको धारा १६८(२) बमोजिम तपाईंलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको उल्लेख गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोशी प्रदेशको मुख्य मन्त्रीमा उद्वव थापा नियुक्त, ३० दिनमा विश्वासको मत लिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img