Homeसमाचारबलात्कार घटना ढाकछोपका लागि बिचौलियालाई १८ लाख, आठजना पक्राउ

बलात्कार घटना ढाकछोपका लागि बिचौलियालाई १८ लाख, आठजना पक्राउ

झापा । बाँकेमा बलात्कारजस्तो जधन्य अपराधलाई समेत पैसाको बलमा ढाकछोप गर्न र मिलाउन लागेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुरनगरकी अति विपन्न परिवारकी किशोरीलाई बलात्कार गरेका एक युवाले १२ बिचौलियामार्फत १८ लाख रुपैयाँ दिई अपराध लुकाउन खोजेको घट्ना बाहिरिएसँगै आठजना विचौलिया पक्राउ गर्न प्रहरी सफल भएको हो ।
पक्राउ परेकामध्ये एकजना कानुन व्यवसायीसहित १० बिचौलियाले कोहलपुरनगरकी यी पीडित किशोरीका आमाबाबुलाई समेत आर्थिक प्रलोभन देखाएर बलात्कारको घटना लुकाउन खोजेको प्रहरीले जनाएको छ ।
पीडित किशोरीका नाममा गत जेठ ३१ गते एभरेस्ट बैंकको कोहलपुर शाखामा खाता खोल्न लगाएर बलात्कार अभियोगमा पक्राउ परेका अभी थारूले १८ लाख रुपैयाँ जम्मा गरिदिएका थिए ।
भोलिपल्टै बिचौलियामध्येकी माया हमालले किशोरीबाट चार लाख रुपैयाँको चेक काट्न लगाएर रकम झिकेर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पैसा जम्मा गरेकै दिन १२ जना मिलेर पीडित किशोरीलाई वैवाहिक सम्बन्ध कायम नगर्ने दुवैजना स्वतन्त्र रूपमा बस्ने र एक–अर्काको इज्जत–प्रतिष्ठमा आँच पुर्याउने गरी कुनै उजुरबाजुर नगर्ने सर्तसहितको कागजमा दस्तखत गराएको पनि फेला परेको छ ।
कागजमा पीडित किशोरीका बाबुआमा र बलात्कार अभियोगमा पक्राउ परेका अभी थारूकी आमासहित १२ जनाको दस्तखत छ ।
पीडकले आफूलाई पटकपटक धम्की दिने गरेको र प्रलोभनमा पारेको पीडिक किशोरीले जनाइन् । उनका अनुसार प्रहरीमा उजुर गरे मारिदिने धम्कीसमेत आउने गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान अघि बढेको जनाएको छ । ‘मिलापत्र गराएको कागजसमेत हामीले फेला पार्यौं,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले भने, ‘त्यसका आधारमा जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जीसमेत जारी भई सन्दीग्ध आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएका छौं ।’
बलात्कार घटनाको बिचौलिया तथा मिलापत्रको मस्यौदाकार विजय पोख्रेल, माया हमाल, रन्जिता चौधरी, पवित्रा ढकाल, रामकिशान थारू र भगवती थारू प्रहरी नियन्त्रणमा छन् । तर अन्य चार जनालाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
यस्तै २०७७ भदौ ३१ गते सप्तरीको डाकनेशवरी नगरपालिका ७ की १७ वर्षीया एक किशोरीले बिचौलियाहरूले ५५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाइदिने भन्दै प्रहरीमा जान रोकेपछि आत्महत्या गरेकी थिइन् । बलात्कारका यस्ता घटनामा समेत बिचौलियाको बढ्दो बिगबिगीले सामाजिक अवस्थामा सुधार नआएको प्रष्ट पर्छ । Knatipur tv

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबलात्कार घटना ढाकछोपका लागि बिचौलियालाई १८ लाख, आठजना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img