बिर्तामोड । युवा पुस्ताका महिलाहरूको सीपको विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले बिर्तामोडमा सञ्चालित तीन महिने सौन्दर्य (ब्युटि पार्लर) सम्बन्धि आधारभूत तालिमको समापन गरिएको छ ।
बिर्तामोडस्थित महिलामुक्ति अभियान र युनिक मोडल ब्युटिपार्लरको संयुक्त आयोजनामा सञ्चालित तालिम बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य र महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिर्तामोड नगरपालिकाका वडा नं ५ का वडाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि रोहित प्रसाईं लगायत उपस्थित विभिन्न संघ संस्थाका नेतृत्वहरुले सहभागिलाई प्रमाण पत्र वितरण गरेका थिए ।
युनिक मोडल ब्युटिपार्लरकी सञ्चालक तथा तालिमकी सहजकर्ता धनु कन्दङ्वाले सञ्चालन गरेको कार्यक्रममा स्वागत महिला मुक्ति अभियानकी सचिव पूर्णावती लिम्बूले गरेकी थिइन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले परिवर्तित समय अनुसार महिलाले स्मार्ट देखिनका लागि सौन्दर्य अत्यावश्यक भएको भन्दै सिकेको सिपलाई व्यवसायीकरण गर्दै आत्मनिर्भर बन्न सुझाव दिएका थिए ।
सौन्दर्य सम्बन्धी तीन महिने तालिम सम्पन्न

































































































