गौरीगञ्ज । झापाको सीमावर्ती गौरीगञ्ज गाउँपालिकामा पानीसँगै परेको चट्याङले लागेर एक किशोरको मृत्यु भएको छ।
गौरीगञ्ज – ६ खजुरगाछी कन्चिराका परसदिया सरदारका १३ वर्षीय छोरा विजय सरदारको मृत्यु भएको सञ्चारकर्मी समेत रहेका स्थानीय आत्मराम राजवंशीले बताए ।
घटनाको गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजनकुमारी न्यौपाने कुँवरले पुष्टि गरेकी छन् । उनले मृतक किशोरको तस्वीरसहित सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् –‘मृत्यु सत्य हो, जाने दिन कहिले हो, कसैलाई थाहा हुँदैन । भाइ तिम्रो आत्माले शान्ति पाओस्।’
घटनाको पूर्ण विवरण आउन बाँकी छ। इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।
चट्याङले लागेर गौरीगञ्जका एक किशोरको मृत्यु

































































































