Homeसमाचारजनगणनामा मुस्लिम धर्मावलम्बीको जनसंख्या घटाइएको दावी

जनगणनामा मुस्लिम धर्मावलम्बीको जनसंख्या घटाइएको दावी

बिर्तामोड । नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं मुस्लिम नेता अब्दुल सतारले जनगणनामा मुस्लिम धर्मावलम्बीको जनसंख्या घटाइएको दावी गर्दै यसलाई सच्याउन नेपाल सरकारसँग माग गरे ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघ झापाको तेस्रो जिल्ला अधिवेशनलाई बिर्तामोडमा सम्बोधन गर्दै नेता सतारले पछिल्लो जनगणनामा देखाइए जस्तो मुस्लिम धर्मावलम्बीको संख्या ४ प्रतिशतमा सिमित नरहेको र मुस्लिमहरुको संख्या ९.८२ प्रतिशत रहेको दावी गर्दै त्यसलाई कायम गर्न सरकारसँग माग गरे ।
नागरिकता नपाएर अफ्ठ्यारो भोग्ने नेपालीमध्ये सबैभन्दा बढी मुस्लिम धर्मावलम्बी भएको दावी गर्दै उहाँले नेपालका मुस्लिमहरु यहाँका आदिबासी रहेको समेत दावी गरे । नेपाली कांग्रेसकै पहलमा नागरिकता विधेयक पारित भएपछि अब जन्मसिद्धका आधारमा धेरैले नागरिकता पाउने उनको भनाई थियो ।
कार्यक्रमका विशेष अतिथि नेपाल मुस्लिम सङ केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष अताबुल मन्सुरीले संघले गरेका गतिविधिहरुका बारेमा जानकारी दिदै मुस्लिमहरुको हकहितमा गरेका कार्यको विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले नेपाली काङ्ग्रेसको मुस्लिम एवं सबै जातजातिलाइ हेर्ने दृष्टिकोण सकारात्मक रहेको धारणा राखे।
जन्मसिद्धका आधारमा नागरिकता दिने निर्णय सकारात्मक रहेको र यसले नागरिकता बिहिन थुप्रै जन्मसिद्ध आदिबासी– मुस्लिम नेपाली नागरिकले नागरिकता पाउने नेता थेवेको भनाई थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाल मुस्लिम सङ कोशी प्रदेश सभापति तथा कोशी प्रदेशसभा सदस्य इस्राइल अन्सारी, कोशी प्रदेशसभा सदस्य लख्खी गणेश, नेपाली काङ्ग्रेस झापा सचिब कृष्ण हुमागाइ, नेपाल महिला सङ केन्द्रीय सदस्य उमा शिवाकोटी, नेपाली काङ्ग्रेस जिल्ला सदस्य टंक बिश्वकर्मा लगायतले सम्बोधन गरेको थियो ।
नेपाल मुस्लिम संघ झापाका सभापति अमिन अलि शेखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मुस्लिम संघ कोशी प्रदेश उपाध्यक्ष फुलेहरा खातुनले स्वागत मन्तब्य राख्नुभएको थियो भने झापा सचिव सफिउल्ला अन्सारीले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, नेपाल प्रेस युनियन केन्द्रीय सचिव रेजिना गौतम, नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य सर्फराज शेख, नेपाल किसान महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराई, नेपाल दलित संघ झापाका अध्यक्ष दलबहादुर वि।क।, आदिबासी/जनजाति संघका झापा सचिव बडाराम हेमरम एवं नेपाल मुस्लिम संघका दुईसय बढी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी नेपाल मुस्लिम संघ झापाको तेस्रो जिल्ला अधिबेशनले सफिउल्ला अन्सारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
सर्बसम्मत रुपमा गठित समितिको उपाध्यक्षमा एजाज अहमद र मोहम्मद नाजिम, सचिबमा ट्फी अहमद शेख, सहसचिवमा सहसचिव – कलिम अख्तर, कोषाध्यक्षमा जाहिर रहमान र प्रबक्तामा रेश्मा खातुन चयन हुनुभएको छ ।
समितिका सदस्यहरुमा नुर अली, अमिरुद्दिन अलि, जमिर अलि,समीर महमद, तवरेज खान, मो अलि आलम, अख्तर अलि, मो मजिबुल रहनुभएको छ ।
यसैगरी समितिका सदस्यहरुमा नवाव हुसैन, उस्मान अलि, अख्तर अन्सारी, गुलावरबिन मिया, मो सैरुद्दिन, गुफ्तर मिया, जाहिर हुसैन, जुबेर आलम, मो नसरुद्दिन, अजेन्ता शेख, हसिब, जाकिर अहमद शेख, अलिम अख्तर, हसी जालिम अख्तर, सानू खातुन र जाखुल मिया रहनुभएको नेपाली काङ्ग्रेस झापाका कार्यालय सचिब जयकुमार दाहालले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजनगणनामा मुस्लिम धर्मावलम्बीको जनसंख्या घटाइएको दावी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img