Homeसमाचारशुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन सञ्चार गृहको आग्रह

शुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन सञ्चार गृहको आग्रह

बिर्तामोड । नारी सञ्चार गृह झापाले पत्रकार महासंघले ल्याएको सदस्यता शुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन आग्रह गरेको छ ।
सञ्चार गृहको टोलीले आज नेपाल पत्रकार महासंघ झापा र शाखामार्फत पत्रकार महासंघ कोशी प्रदेश तथा नेपाल पत्रकार महासंघ केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकारितामा विगत ३ वर्षयता पूर्ण रुपमा निश्क्रिय नरहेका महिला पत्रकारहरुलाई शुद्धीकरणको कसीमा नराख्न माग गर्दै महिला पत्रकारको सदस्यता शुद्धीकरण गर्नु अघि गम्भिर र संवेदनशिल हुन माग गरेको हो ।
संचार गृहकी अध्यक्ष रेजिना गौतमले नेपाल पत्रकार महासंघ झापा जिल्ला अध्यक्ष एकराज गिरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेकी हुन् ।
संस्थाले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ–‘संचार गृहले बुझाएको ध्यानाकर्षण पत्रमा शुद्धिकरण निष्पक्ष र निस्वार्थ रुपमा गराउन स्मरण गराउँदै प्राकृतिक नियम र सृष्टि संरचना निरन्तरता अन्तरगतको पाटो सम्हाल्दै पत्रकारितामा आएको महिलाहरु कुनै बेला अत्याधिक सक्रिय हुने र कुनै बेला कम सक्रिय हुनसक्छन् । तसर्थ विगत ३ वर्षयता पूर्ण निश्क्रिय नभएका महिला पत्रकारहरुलाई शुद्धिकरणको कसीमा नराख्न नेपाल पत्रकार महासंघ झापा शाखा, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको नारी सञ्चार गृह झापा ध्यानाकर्षण गराउँदछ ।’
ध्यानाकर्षण पत्र बुझ्दै महासंघ जिल्ला अध्यक्ष एकराज गिरीले शुद्धीकरण अभियानमा विभिन्न पेशागत संगठनहरु छलफलपछि संघ–संगठनले महासंघले नै गर्नुपर्ने धारणा राखेपछि महासंघको कार्यसमितिमा रहेका सबै संगसंगठनका प्रतिनिधित्व हुने गरी बनाएको कार्यदलले ल्याएको नामलाई सिफारिस गरिएको जानकारी दिए । शुद्धीकरणका सन्दर्भमा जिल्लाले गर्ने बाटो सकिएपनि प्रदेशले नाम सार्वजनिक गरेपछि प्रमाणसहित निवेदन हाल्न सक्ने जानकारी दिंदै केही कमीकमजोरी भए त्यसलाई सच्याउन महासंघले सकारात्मक भूमिका खेल्ने बताए ।
प्रमाण सहित प्रदेशमा निवेदन दिन महासंघले यसमा सहयोग गर्ने जनाएका छन् ।
कार्यक्रममा महासंघका अध्यक्ष गिरी, उपाध्यक्षद्वय केशव भट्टराई र शुसिला संग्रौला थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन सञ्चार गृहको आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img