कञ्चनश्री । आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा विभिन्न पालिका तथा वडा तहमा आगामी आवको बजेट योजना तथा कार्यक्रमका सम्बन्धमा छलफल भइरहेका छन । सोही अनुसार झापाको हल्दिबारी ५ ले पनि बजेटबारे छलफल गरेको छ । चालु आवमा बिनियोजित बजेटबाट भएका कामको समिक्षा र आगामी आवमा वडामा सञ्चालन गर्नुपर्ने कार्यक्रमबारे हल्दिबारी वडा नंं ५ ले सर्वदलीय छलफल गरेको छ ।

वडाध्यक्ष खड्गबहादुर लावतीको अध्यक्षतामा वडा कार्यालयमा सम्पन्न छलफलमा नेपाली कांग्रेसका जिल्ला सदस्य दिलिपकुमार मावो, वडा उपसभापति टेकबहादुर देवान, नेकपा एमालेका गाउँकमिटी पूर्वव अध्यक्ष हरि गौतम, वडा कमिटी अध्यक्ष म गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन तामाङ र केशव बजगाँई, जिल्ला कमिटी सदस्य तथा हल्दिवारी सहइन्चार्ज माओवादीका विजय लावती लगायत विभिन्न राजनीतिक दलका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।
साथै विद्यालयका प्नधानअध्यापक सामुदायिक बन समूह तथा विभिन्न संघ-संस्थाका अध्यक्षसहितको उपस्थिति रहेको कार्यक्रममा आव २०७९/८० मा वडामा सञ्चालित कार्यक्रमको समिक्षा गर्नुका साथै आव २०८०/८१ मा सञ्चालन गर्नुपर्ने कार्यक्रबारे छलफल भएको वडा सचिव भजन संग्रौलाले जानकारी दिए ।

































































































