HomeFeatured 2मेयर उपमेयर अनुपस्थित जनताले उठाएका सवालकाे प्रशासकीय अधिकृतले दिए जवाफ

मेयर उपमेयर अनुपस्थित जनताले उठाएका सवालकाे प्रशासकीय अधिकृतले दिए जवाफ

शिवगञ्ज ।  शिवसताक्षी नगरपालिकाको वडा नम्बर ६ ले पनि सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । यस अघि वडा नम्बर ८ ले पनि सम्पन्न गरेको थियो ।वडा कार्यालय परिषरमा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम, प्रभावकारिता र सेवा प्रवाहका बारेमा सेवाग्राहीले जनप्रतिनिधि र कर्मचारी संग हाक्का हाक्की प्रश्न गरेका थिए । कार्यक्रममा वडाका २७८ स्थानिय सहभागी भएका थिए । सार्वजनिक सुनुवाईमा ४३ जनाले विभिन्न विधि अपनाएर गुनासो तथा सुझाव राखेका थिए । सहभागि मध्ये २६ जनाले उठेर, १३ ले गुनासो तथा सुझाव टिपाएर र ४ जनाले खामबन्दी गुनासो तथा सुझाव राखेका थिए । कार्यक्रममा सहभागिले राखेका गुनासा मध्ये ७२ प्रतिशत नगर केन्द्रित गुनासा छन् । तर नगर प्रमुख कार्यक्रममा अनुपस्थित थिए । उपप्रमुख नरमाया कार्की कार्यक्रमको मध्यान्ह तिर पुगेकी थिइन् । सहभागिले राखेका गुनासा मध्ये २८ प्रतिशत वडा केन्द्रित थिए । कार्यक्रममा नगर प्रमुख र उपप्रमुख अनुपस्थित हुँदा सेवाग्राहीले वडा अध्यक्षलाई प्रश्न गरेका थिए । उनिहरुले भने ‘हामीले भोट दिएर जिताएको ‘‘मेयर साहेव’’ खोई ?’ जनताका सुझाव भए ग्रहण र गुनासो भए तत्काल सम्बोधन गर्न नगर प्रमुख र उपप्रमुख तयार हुनुपर्ने सहभागिको तर्क थियो । उनिहरुले भने,‘ नगर प्रमुख र उपप्रमुख दुईजना नै अभिभावक सार्वजनिक सुनुवाईमा नहुँदा आफुहरुलाई कार्यक्रमनै खल्लो महसुस भयो ।’नगर केन्द्रित गुनासोको जवाफ नगर प्रमुख र उपप्रमुखको अनुपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत अमृतवहादुर राईले दिए । कार्यक्रमको मध्यान्न पछि पुगेकी उपप्रमुख ले नगर स्तरिय गुनासोको सुनुवाई गरेकी थिइन् ।वडा केन्द्रित गुनासाको वडा अध्यक्ष मनोज खुलाल कार्की र गोमा रिजालले सहभागिलाई जवाफ दिएका थिए । सडक पुर्वाधार, कृषी, शिक्षा, पशु, स्वास्थ्य, सामाजिक, योजना, शान्ति सुरक्षा, महिला तथा बालबालिका लगायतका विषयमा सहभागिले हाक्काहाकी प्रश्न गरे ।शिक्षाका विषयमा उठेका गुनासाको शिक्षा अधिकारी छवि ढकाल र शिवगञ्ज बहुमुखी क्याम्पस संचालन समितिका अध्यक्ष मिलनकुमार ढुँगानाले जवाफ दिएका थिए । शान्ति सुरक्षाका विषयमा इलाका प्रहरी कार्यालय शिवगञ्जका ललित झाले सेवाग्राहीलाई जवाफ दिए । कार्यक्रममा नगरका योजना, पशु, कृषि, सहकारी, स्वास्थ्य लगायत शाखाका प्रमुख सहभागि भएनन् । उनिहरुलाई वडाले दुई दिन अघि जवाफ देहिताका रुपमा आमन्त्रण गरेको थियो ।कार्यक्रममा नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको बाक्लो उपस्थिती थियो । सताक्षी मिडीय प्रालिका संचालक समेत रहेका पत्रकार विनोद सापकोटाले सहजीकरण गरेको कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदसय गोमा रिजालले गरेकी थिइन् । सो कार्यक्रममा वडा अध्यक्ष मनोज खुलालले एकवर्षे अवधिको प्रगती विवरण पेस गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मेयर उपमेयर अनुपस्थित जनताले उठाएका सवालकाे प्रशासकीय अधिकृतले दिए जवाफ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img