बिर्तामोड । सनलाईट इन्भेष्सटमेन्ट प्रालिले संस्थामा आवद्ध शेयर सदस्यहरुका लागि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विर्तामोडस्थित पदमलाल भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक सरोज घिमिरेले सहजीकरण गरेका थिए ।
ब्यवसायिक संस्थाको रूपमा पहिचान बनाईसकेको सनलाईट इन्भेष्टमन्ट प्रालिले बिभिन्न देशबाट सिसाजन्य सामाग्रीको आयत गरी बिक्री गर्दै आईरहेको छ।
संस्थाका सचिब युवराज निरौलाले संचालन गरेको कार्यक्रममा सदस्य रिङ आचार्यले स्वागत गरेका थिए ।
सनलाईट इन्भेष्सटमेन्टको सदस्य अभिमुखिकरण कार्यक्रम सम्पन्न

































































































