भद्रपुर । सरकारले आफ्ना मागलाई वेवास्ता गरेको भन्दै झापा लगायतका ७७ वटै जिल्लाका विद्यालय कर्मचारीहरुले चरणबद्ध आन्दोलनको पहिलो चरण अन्तरगत आज शिक्षा बिकास तथा समन्वयन ईकाईमा २ घण्टा धर्ना दिएका छन् ।
बिद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको निर्णय बमोजिम समिति झापा अध्यक्ष चन्द्रप्रसाद प्रसाईं भद्रपुर परिषद अध्यक्ष करकचन्द्र राजवंशीसहितको नेतृत्वमा जिल्लाभरीका सामुदायिक बिद्यालयका कर्मचारीहरु सहभागी भएर समन्वय ईकाई झापाको मुल गेटमा धर्ना दिएका हुन् । आज दिउँसो ११ बजे देखि १ बजेसम्म माग पूरा गर्न दवाव दिने उद्देश्यले धर्ना दिएको बताइएको छ ।
सरकारले शिक्षा एेन जारी भएपछि कर्मचारीहरुको दरबन्दीको ब्यवस्था गरिनु पर्ने, ६० बर्षमाथिका कर्मचारीलाई न्यायोचित एकमुषट उपदानको ब्यवस्था गरिनु पर्ने, सहयोगी कर्मचारीको २६ हजार र सहायक कर्मचारी लेखापालको तलब सुविधा ३६ हजार पुर्याउनु पर्ने कर्मचारीहरुका माग रहेका छन् ।
झापामा ३ सय ६५ वटा सामुदायिक बिद्यालयमा पाँचसयको हाराहारीमा कर्मचारी रहेका छन् । आफ्ना मागलार्इ सरकारले सुनुवाई नगरे रिले अनशन लगायतका बिद्यालय तथा विद्यालय प्रशासन समेत बन्द गर्ने योजना रहेको झापा अध्यक्ष प्रसाइले बताए ।
विद्यालय कर्मचारी शिक्षा बिकास तथा समन्वयन ईकाईमा धर्ना

































































































