भद्रपुर । झापाको चन्द्रगढीस्थित भद्रपुर १० चन्दगढको झोलुङ्गे पुल छेउ मोक्ष घाट निर्माण हुने भएको छ । घाटको मंगलवार आयोजित कार्यक्रमका विच चन्द्रगढ मोक्ष घाटको शिलान्यास गरिएको छ ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले घाटको शिलान्यास गरे ।
अगामी ३ बर्षमा निर्माण सम्पन्न गरिने घाट निर्माणका लागि ३ करोडको लगानीमा सम्पन्न गरिने घाट निर्माणका लागि स्थानिय सरकार, प्रदेश तथा संघीय सरकारसंग माग गर्ने समूह अध्यक्ष दुर्गा प्रसाद भट्टराईले बताए ।
कार्यक्रममा प्रमुख पोखरेल, नगर उपप्रमुख राधा कार्की, ओमप्रकाश सरावगी , राजेन्द्र रिजाल, बिष्णु सिवाकोटी,वडा नं. ९ का वडाध्यक्ष राम दाहाल, बिर्तामोड नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अबिरल खरेल, बद्री प्याकुरेललगायतले मन्तव्य राख्दै घाट निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।
घाट निर्माण पश्चात् भद्पुर ९/१०,विर्तामोड ७/८ र मेचीनगर १३/१४ का मृतकहरुको दाह संस्कार गर्न सहज हुने भएको छ । भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष अशोक ढकाल र संचालन समुहका कोषाध्य अनुज खतिवडाले संचालन गरेका थिए ।
चन्द्रगढमा मोक्षघाट निर्माण कार्य प्रारम्भ

































































































