Homeसमाचारकाेशी प्रदेश पत्रकारिता पुरस्कार भण्डारसहित चारजनालाई

काेशी प्रदेश पत्रकारिता पुरस्कार भण्डारसहित चारजनालाई

झापा । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश पत्रकारिता पुरस्कारबाट नारी सञ्चार गृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारीसहित चार जना पुरस्कृत भएका छन् ।
कोशी प्रदेश सरकारले आज झापाकी अम्बिका भण्डारी, इलामका पत्रकारहरू साेमनाथ सुसेली र सटेन्द्रकुमार जबेगु तथा सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही)लाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरिएको हाे ।
उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनही एक लाख रुपैयाँ नगदसहित प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट पुरस्कार प्रदान गरिदै आएकाे उक्त पुरस्कार प्रत्येक वर्ष वितरण गरिंदै आएकाे छ ।
मन्त्रालयका सचिव उमेश बस्नेतको अध्यक्षतामा सपन्न कार्यक्रममा मुख्य मन्त्री कार्की, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, पुरस्कृत प्रतिभा साेमनाथ सुसेली र अम्बिका भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकाेशी प्रदेश पत्रकारिता पुरस्कार भण्डारसहित चारजनालाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img