भद्रपुर । राष्ट्रिय भुमि अधिकार मन्च झापाले सुकुम्बासी समस्या समाधान सम्बन्धी फारम भूमि आयोगमा पठाउन माग गर्दै विर्तामोड नगरपालिकालार्इ ज्ञापन पत्र बुझाएको छ ।
मञ्चका झापा अध्यक्ष अर्जुनकुमार लिम्बू र मञ्च संघर्ष समितिका संयोजक याम ओलीको नेतृत्वमा झापाका १ सय ३० जना सुकुम्वासी प्रतिनिधिहरुले नगरपालिकाका उपमेयर नगेन्द्र संग्रौलालाई ज्ञापन पत्र बुझाएका हुन।
पत्रमा २०७८साल मंसिरमा फारम भरि आयोगलाई पठाउन सबै स्थानीय तह मार्फत सुकुम्बासीको हकमा भरिएको फारम तत्काल खोजि गरी भूमि आयोगमा पठाउन माग गरिएको छ।
यसै गरी बाँकी रहेका र छुटेका सुकुम्बासीको समेत तत्काल खोजतलास गरी फाराम भरेर आयोगमा पठाउन समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
पत्र बुझ्दै उपप्रमुख संग्रौलाले नपाले भुमि सुधार तथा सुकुम्बासी समस्या समाधान आयोगसंग समन्वय गरी आयोगका फारम खोजी गरी पठाउने र छुटेकाहरुको फारम पुनः भर्न आह््वान गर्ने प्रतिवद्धता जाहेर गरे ।
झापामा ३० हजारको हाराहारीमा भूमिहिन सुकुम्बासी रहेको र आफूहरुका मागहरुलाइ कुनै पनि स्थानिय निकायहरुले बेवास्ता गरेमा तालाबन्दी गर्दै शसक्त आन्दोलन गर्ने मन्च झापा अध्यक्ष लिम्बुले बताए। झापाका १५ वटै स्थानिय निकायहरुलाइ ज्ञापन पत्र दिदै जाने समेत बताए।
सुकुम्बासीले भरेका फाराम आयोगमा पठाउन भूमि अधिकार मञ्चको माग

































































































