Homeसमाचारसमाचारलचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्छ: अर्थमन्त्री डा. महत

लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्छ: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताउनुभएकाे छ ।
अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै ‘हामीले वित्त नीतिबाट पुँजी परिचालन गर्न सकेनौ, अर्को कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्याधिक कर्जा प्रवाह भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यसैले अर्थतन्त्रमा शिथिलता देखिएको छ । आज देखिएको समस्या समाधान वित्त नीति भन्दा पनि मौद्रिक नीतिले गर्न सक्छ ।’

‘अहिले हामीसँग फिस्कल स्पेस छैन । फिस्कल स्पेस पनि बढाउनु पर्छ । तर, अहिले मनिटरी स्पेसमार्फत अर्थतन्त्र चलायमान हुन सक्छ । राष्ट्र बैंकका अधिकारीहरुले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने प्रतिबद्धता जनाउनु भएको छ,’ महतले भन्नुभयो, ‘राष्ट्र बैंकले लचिलो मौद्रिक लियो भने ब्याजदर घट्छ भन्ने विश्वास छ । फिस्कल स्पेसमार्फत पुँजी परिचालन गर्न सक्ने अवस्था नभएकाले लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनु पर्छ ।’

मन्त्री डा. महतले भन्नुभयो, ‘पूँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी छ । आर्थिक नीतिमार्फत हामीले पूँजी प्रवाहलाई व्यापक बनाउनुपर्नेछ । आउँदो वर्ष हामीले अर्थतन्त्रलाई गतिशीलताको बाटोमा लगे पनि राजश्वमा व्यापक वृद्धि हुने अवस्था छैन । राजश्व अवश्य बढाउँछौं, तर हामीले सोचजस्तो एक वर्षभित्रमै व्यापक वृद्धि सम्भव हुन्छ भन्ने मलाई लाग्दैन । अर्थतन्त्रकै गतिशीलताका आधारमा राजस्व वृद्धि हुने हो ।’

‘लगानी आउन थाल्यो, उद्योग व्यावसाय बढ्यो, रोजगारी सिर्जना भयो, आम्दानी बढ्न थाल्यो भने मात्र राजस्व बढ्छ । राजश्व वृद्धिका लागि केही समय लाग्छ । यसका लागि अथक प्रयास सरकारले गर्छ’ डा. महतले भन्नुभयो, ‘पूँजीगत खर्च हामीले विनियोजन गर्छौ, त्यसको प्रभावकारिता बढाउन सरकारले सम्पूर्ण ध्यान केन्द्रित गर्छ ।’

‘तेस्रो चाैमासिक सकिँदा पनि खर्च शुन्य छ । अब पूँजीगत खर्च गर्नुपर्यो, अब ठेक्का लगाउनु पर्यो, अब बजेट सुनिश्चित गर्दिनु पर्यो भनेर मन्त्रालयबाट म कहाँ फाइल आएको आइ छ’ उहाँले भन्नुभयो, ‘हामीले पहिलो दिनबाटै काम गर्नुपर्ने आवश्यकता छ । कामप्रति जुन उदासिनता छ, त्यो स्वीकार्य छैन । हामीले कार्यक्रम र परियोजना निर्धारण गरेर बजेट विनियोजन गरेका हुन्छौं, त्यहीअनुसार पहिलो दिनबाटै काम गर्न सुरु गर्नुपर्छ ।’

‘हामी साधारण खर्च र अनुत्पादक खर्च कम गछौं । साधारण खर्चमा धेरै विषय छन् । सामाजिक सुरक्षाका विषयदेखि लिएर, तलब भत्ता, स्थानीय तहमा जाने सहयोग पनि साधारण खर्चमा पर्छ । तथापि कतिपय यस्ता क्षेत्र छन्, जहाँ खर्च कटौति गर्न सकिन्छ । अनावश्यक खर्च गर्ने परम्परा अन्त्य गर्दै पूँजीगत खर्चको प्रभावकारितालाई बढाउँछौं’ मन्त्री डा. महतले भन्नुभयो, ‘एकातिर पूँजीगत खर्चको प्रभावकारिता बढाउने, मौद्रिक नीतिमार्फत् ब्याजदरलाई सम्बोधन गरेर लगानीको वातारण निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो ।’

‘सरकार आफैले सबै कुरा गर्न सम्भव छैन । निजी क्षेत्रको सहयोग, बैंकिङ क्षेत्रको सहयोग र सबै क्षेत्रको सहयोगबाट हामी फराकिलो र समावेशी आर्थिक वृद्धि, रोजगारी सिर्जना गर्न सम्भव हुन्छ । यसमध्ये पनि बैंकिङ क्षेत्रको ठूलो भूमिका रहनेछ । बचत र ऋणको जुन स्पेस छ, त्यसमा पुनर्विचार गर्नुपर्ने आवश्यकता छ । बचत व्याज घटिसकेको छ, ऋणको ब्याज पनि चाँडै घटाउनु हुनेछ भन्ने मलाई विश्वास छ’ अर्थमन्त्री डा. महतले भन्नुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारलचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्छ: अर्थमन्त्री डा. महत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img