HomeFeatured 2अमृताको "चैतु काका" लोकार्पण

अमृताको “चैतु काका” लोकार्पण

झापा । लेखन संस्कृतिमा कमी आइरहेका बेला झापामा शिक्षित र युवा पुस्ता साहित्य सिर्जनामा जुटेको छ।

अग्रज साहित्यकार तथा लेखन कर्ममा सक्रिय पुस्ताले साहित्य सिर्जनामा जुट्न निरन्तर आग्रह गरिरहँदा धेरै युवाको ध्यान त्यसतर्फ तानिएको हो। यही मेसोमा कविशिरोमणी माविका शिक्षक अमृता पाठक चौलागाईंको कथा संग्रह चैतु काका शनिबार लोकार्पण गरिएको छ।

साहित्य तथा शैक्षिक क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थितिमा प्राज्ञसभा सदस्य विवश पोखरेलले कृतिको लोकार्पण गरेका हुन् । सरल भाषामा लेखिएको संग्रहमा १६ कथा समेटिएका छन् । मूल्य ३०० रुपैयाँ रहेको छ। लोकार्पण कार्यक्रममा १५० मा कृति बिक्री गरिएको थियो।

चौलागाईंको १७६ पृष्ठको सो कृतिमा साहित्यकार कृष्ण धरावासीले भूमिमा टिप्पणी गरेका छन् ,” अँध्यारोभित्र समाजलाई खोजिरहेका कथा ।” धरावासीकै भाषामा कथामा वैवाहिक सम्बन्ध भित्रका दुर्व्यवहार, सामाजिक शोषण, आर्थिक दूरी, जातीय उत्पीडन, प्रेमका विविधता, मनोबैज्ञानिक विश्लेषणको चित्रण गरिएको छ।

लोकार्पण कार्यक्रममा नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईले कृतिको समीक्षा गरेका थिए। कृति भुँडीपुराण प्रकाशन गरेको हो।

इन्द्रेणी महिला साहित्यिक मञ्च मेचीनगरकाे व्यानरमा कृति लाेकार्पण गरिएको हो। कार्यक्रममा पाेखरेल, कृतिका लेखक चाैलागाईं, प्राज्ञ सुभद्रा भट्टराई, मेचीनगर शिक्षा शाखा प्रमुख हाेमनाथ भण्डारी, साहित्यकार राम कट्टेल, सञ्चारकर्मी चन्द्र भण्डारी इन्द्रेणी महिला साहित्यिक मञ्चका कार्यावाहक अध्यक्ष लिना भण्डारी, खिलु खनाल रेग्मी, मुना राना लगायतले बोलेका थिए। लोकार्पण कार्यक्रममा नवप्रतिभा उषा निराैलालाई सम्मान गरिएकाे छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अमृताको "चैतु काका" लोकार्पण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img