Homeसमाचार१२ वर्षपछि झापा उद्योग वाणिज्य संघकाे नेतृत्व निर्विरोध चयन

१२ वर्षपछि झापा उद्योग वाणिज्य संघकाे नेतृत्व निर्विरोध चयन

भद्रपुर । १२ वर्षपछि झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको नेतृत्व निर्विरोध चयन भएको छ । आगामी तीन बर्से कार्यकालका लागि संघको २१ औं अध्यक्षमा युवा व्यवसायी प्रज्वल राई निर्विरोध निर्वाचित भएका छन् । 

संघका वर्तमान वरिष्ठ उपाध्यक्ष खडकबहादुर लिम्बुले अध्यक्ष पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ३५ वर्षीय राई निर्विरोध निर्वाचित भएका हुन् । वर्तमान एशोसिएट्स/वस्तुगत उपाध्यक्ष समेत रहेका राई जनजाति समुदायबाट पहिलो पटक संघको नेतृत्व हाँक्न लागेका हुन् । 

त्यस्तै वाणिज्य उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ र महासचिवमा सुमन्त मैनाली निर्विरोध निर्वाचित भएका छन् ।  सुरज शाह कसेराले वाणिज्य उपाध्यक्ष पदबाट र रविशंकर भट्टराई (पवन)ले महासचिव पदबाट उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । 

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजकुमार राई, एशोसिएट्स/वस्तुगत उपाध्यक्षमा बाबुराम पराजुली,  महिला उपाध्यक्षमा सीता ढकाल र कोषाध्यक्षमा पवन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । ती पदहरूमा एकल उम्मेदवारी परेको थियो । 

महिला सदस्यहरूमा दिलकुमारी राई, अनिता कार्की, रुकमणि चौहान र मुना दाहाल निर्विरोध निर्वाचित भएकी छिन् ।  खुला सदस्यहरूमा अम्बिका पोखरेल, अरुणकुमार मित्रुका, सिंहवीर लिम्बु –अनिल), सागर घिमिरे, ज्ञानबहादुर राई, विक्की साह रौनियार र कविन राई निर्विरोध निर्वाचित भएका छन् । संघको नेतृत्व निर्विरोध निर्वाचित भए पनि निर्वाचन समितिले आधिकारीक  घोषणा गर्न बाँकी छ । राजेन्द्रप्रसाद घिमिरेले दुई कार्यकाल २०६२ देखि २०६८ सालमा निर्विरोध अध्यक्षमा निर्वाचित भएर संघको नेतृत्व गरेका थिए । 

२०६८ सालपछि नेतृत्व चयनका लागि तीन कार्यकाल चुनावी प्रतिस्पर्धा नै भएको थियो । २०८० सालमा आएर पुनः निर्विरोध नेतृत्व चयन भएकाे हाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार१२ वर्षपछि झापा उद्योग वाणिज्य संघकाे नेतृत्व निर्विरोध चयन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img