HomeFeatured 2'मजदुरहरुको अधिकार रक्षाका लागि कांग्रेस संधैं प्रतिवद्ध छ’

‘मजदुरहरुको अधिकार रक्षाका लागि कांग्रेस संधैं प्रतिवद्ध छ’

बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले नेपाली कांग्रेसले पार्टी स्थापनादेखि नै श्रमीकको पक्षमा आवाज उठाएको बताए ।
नेपाल ट्रेड युनियन कांग्रेस झापाको सातौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सभापति थेवेले मजदुर मैत्री कानून बनाएर औपचारिक र अनौपचारिक क्षेत्रका मजदुरहरुको अधिकार रक्षाका लागि आफू र आफ्नो पार्टीले काम गर्ने बताए ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव ज्योती कोइराला र विशेष अतिथि एवं कोशी प्रदेश अध्यक्ष नारायणबाबु कार्कीले मजदुरहरुको जीवनस्तर सुधार भएमात्र देशको समग्र विकास सम्भव हुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाँई, नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, नेपाल टे«ड युनियन कांग्रेस केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, नेपाल कृषि श्रमिक संघका अध्यक्ष दीपक काफ्ले, योगेश ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए।
कार्यक्रमका अधिकांश बक्ताहरुले विर्तामोडस्थित देवीहाट बुधबारे बजारका ब्यवसायीहरुलाई अन्य स्थानमा ब्यवस्थापन गरेर मात्रै सपिङ मल बनाउने कार्य अघि बढाउन विर्तामोड नगरपालिकालाई आग्रह गरेका थिए ।
कोरोना कहरपछि ब्यवसाय खस्कदै गएको र बैंकहरुले बढाएको ब्याजदरका कारण ब्यवसायीहरु बैंकबाट लिएको ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेका बेला अन्यत्र ब्यवस्थापन नगरी बुधबारे हटियाका ब्यवसायीलाई हटाउँदा अन्याय हुने बताउँदै बक्ताहरुले अस्थायी रुपमा अन्यत्र ब्यवस्थापन गरेर सपिङ मल बनेपश्चात त्यहीं राख्र्नुुपर्नेमा जोड दिएका थिए ।
ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गंगाराम ओडारीले गर्नुभएको थियो भने सञ्चालन सचिव राजकुमारी शेर्पा राईले गरेकी थिइन् ।
सातौं जिल्ला अधिवेशनले यज्ञप्रताप अधिकारीकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष (उत्पादन) मा जीवन भट्टराई, उपाध्यक्ष (वित्तीय) मा माधव गौतम, उपाध्यक्ष (कृषि) मा मनिकुमार आचार्य, उपाध्यक्ष (महिला) मा राजकुमारी शेर्पा, उपाध्यक्ष खुल्लामा कृष्णमाया रिजाल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत नारायण पौडेलले बताए ।
यसैगरी समितिको सचिवमा जीवनकुमार खड्का, सहसचिवमा अनन्तलाल महतो र चन्द्रकला फुयाल, कोषाध्यक्षमा सुरज निरौला, सहकोषाध्यक्षमा अस्मिता योङ्गहाङ्ग निर्वाचित भए ।
समितिका सदस्यहरुमा उद्वव सिग्देल, टंकप्रसाद पौडेल, राम राई, उद्र राजवंशी, दिनेश्वर राजवंशी, साजना श्रेष्ठ, गिता मगर, निर्मला चौहान भण्डारी, संगिता खड्का, दिलसा श्रेष्ठ मल्लिक (युवा समिति संयोजक), लिलादेवी कटुवाल (महिला समिति संयोजक) निर्वाचित भएको निर्वाचन समिति सदस्य जयकुमार दाहालले जानकारी दिए। निर्वाचित पदाधिकारी, सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्दै निर्वाचन अधिकृत पौडेलले सपथ ग्रहण गराएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2'मजदुरहरुको अधिकार रक्षाका लागि कांग्रेस संधैं प्रतिवद्ध छ’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img