HomeFeatured 2मेला महोत्सवमा जनवादी कलाकारलाई सहभागिता गराउन गायक शर्माको माग

मेला महोत्सवमा जनवादी कलाकारलाई सहभागिता गराउन गायक शर्माको माग

बिर्तामोड । “राष्ट्रका लागि संगीत अभियात्रा” अभियान अन्तरगत बरिष्ठ जनवादी कलाकार जीवन शर्मा लगायतका कलाकारहरुको सहभागितामा चैत २५ गते बिर्तामोडमा सांगीतिक कार्यक्रम हुने भएको छ।
झापाको बिर्तामोडस्थित अतिथि सदन आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै अभियात्राको टोलीले सांगीतिक कार्यक्रमबारे जानकारी दिएको हो । जनवादी कलाकारहरु सहितको टिमले २५ गते बिर्तामोडस्थित सिटी सेन्टरस्थित साझा पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सांगीतिक कार्यक्रम गर्ने साथै प्रवेश निःशुल्क रहेको पनि जानकारी दिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै बरिस्ठ जनवादी कलाकार जीवन शर्माले देशभर हुने सबैखाले मेला महोत्सवमा जनवादी कलाकारको सहभागिता गराउनुपर्ने माग राख्दै जनवादी कलाकार विना कुनैपनि सार्वजनिक मेला महोत्सव सञ्चालन नगर्न अपिल गरेका छन्, ।
हरेक मेला महोत्सवमा छाडा खालका गीतले प्राथमिकता पाइरहेको जनाउँदै जनवादी गीतलाई बेवास्ता गरेर कुनैपनि कार्यक्रम आयोजना नगर्न अपिल गरेका हुन्, ।
अर्धनग्न नृत्य र छाडा गीत संगीतमा कुम हल्लाउने नेताहरुलाई पनि सचेत गराउन आवश्यक रहेको भन्दै जनवादी गीत र कलाकारको सहभागिताका लागि आयोजकलाई कन्भिन्स गर्ने पक्षमा अभियात्रा रहेको शर्माको भनाई छ ।
जनताको पक्षमा राज्यसत्ता नहुँदा जनताका कलाकारहरु बेवास्ताको शिकार हुनु परेकोले अब जनताले नै कलाकारको पक्षमा उचित निर्णय गर्ने दिन आएको समेत उनले बताए ।
अभियात्राको टोलीमा २० जना कलाकारको सहभागिता छ । वरिष्ठ बामपन्थी जनवादी गायक जीवन शर्मा, मणि थापा, उदय श्रेष्ठ, माधव प्रधान लगायतका ख्यातिप्राप्त कलाकारको आयोजनामा राष्ट्रका लागि संगीत अभियात्रा भइरहेको हो ।
चैत ४ मा धनगढीबाट शुरु भएको अभियात्रा बैशाख ५ गते काठमाडौं प्रज्ञा भवनमा पुगेर समापन हुने टोलीका सदस्य तथा कलाकार चिरण सि ले जानकारी दिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मेला महोत्सवमा जनवादी कलाकारलाई सहभागिता गराउन गायक शर्माको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img