भद्रपुर । हनुमान् जयन्तीे तथा नवबर्ष २०८० सालको अवसरमा झापाको चन्द्रगढीमा हनुमानको पूजा आराधनासहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रगढी सेवा समाजले भद्रपुर १० हनुमान् चोकमा विहिवार आयोजित कार्यक्रमका बीच हनुमानको पूजा गर्दे शुभकामना आदान प्रदान गरिएको हो ।
गोलोक गोवद्र्धन गौशाला शिवसतासीका सञ्चालक नन्दकिशोर भारद्धवाजसहितका गुरुहरुबाट हनुमान्को मुर्ति पूजा गरिएको कार्यक्रममा समाजका अध्यक्ष कमलप्रसाद अधिकारीले औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भारद्धावाज, समाजसेवी गोविन्द लम्साल नेफ्कुनका केन्द्रिय अध्यक्ष घनश्याम अधिकारी, चन्द्रगढी दोस्रो खानेपानी उपभोत्ता तथा सरसफाई समितिका अध्यक्ष चुडामणी मैनाली लगायतले मन्तव्य राख्दै आउँदै गरेको नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गरेका थिए । खड्गबहादुर बुढाथोकीले संचालन गरेको कार्यक्रमको स्वागत समाजका बरिष्ठ उापाध्यक्ष नयांनाथ पाण्डेले गरेका थिए ।
हनुमान जयन्ती तथा नयाँवर्षको शुभकामना आदानप्रदान

































































































