Homeसमाचारआम्दानी विनाको योजनाले समस्या,ऋण काडेर व्यवसाय, घरबाट कर्मचारी धान्दै

आम्दानी विनाको योजनाले समस्या,ऋण काडेर व्यवसाय, घरबाट कर्मचारी धान्दै

रेजिना गौतम

दृष्टान्त–१
अर्काको घरको कोठामा बस्दा बस्दा दिक्क लागेका उनलाई जसरी पनि घर बनाउनु थियो । तर घर केले बनाउने साथमा पैसा नहुँदा उनी त्यसैको खोजीमा जुटे । घर निर्माणका लागि आवश्यक खर्चको इष्टिमेट निकाले र ऋण लगानी गर्ने बैंक खोज्न थाले । एक बैंकमा पुगे । बैंकले किस्ता तिर्ने आयस्रोत खोज्यो । आयस्रोत देखाउन उनले आफू कार्यरत निजी सञ्चारमाध्यमले मासिक ४५ हजार तलब भुक्तानी गरेको भौचर बनाए । भुक्तानी भौचरमा आधिकारिक हस्ताक्षरका लागि प्रबन्ध निर्देशकको घरैमा पुगेर सही गराए । बैंकलाई नक्कली भौचर बुझाउँदा हुने भएपछि सही गरेको सक्कली भौचर उनै प्रबन्ध निर्देशकका अगाडि च्यातेर नक्कली मात्र लिएर हिंडे ।
स्यालरी भौचर हेरेपछि बैंकका कर्मचारीले योजना बनाइदिए–मासिक २० हजार बैंकको किस्ता बाँकी २५ हजारले घर खर्च र छोराछोरीको पढाई खर्च थेग्ने देखियो । यो उनले आफ्नो घरमा बस्नका लागि आधा भन्दा बढी तलब बढाएर आम्दानी देखाएको बताए । त्यो बेला उनलाई उक्त सञ्चारमाध्यमबाट १९ हजार मासिक तलब तथा १ हजार मासिक फोन खर्च प्रदान गर्दै आएको थियो रे ।
ती ऋणीले भने–‘घर बनियो, आफ्नै घरमा बस्न थालियो, तर बैंकको किस्ता बढेर थाम्नै नसक्ने भइयो ।’ उनका अनुसार तिर्दै आएको ब्याजमा बार्षिक ३४ हजार थपिएको छ । थपिएको रकम तिर्न नसक्ने भनेर आपत्ती जनाउँदा बैंकबाट पाएको जवाफ सुनाउँदै उनले भने–‘मासिक घटाउँदै जानु भन्यो तर, त्यसमा पनि हर्जना लाग्छ रे ।’
आफ्नो घरको मूल्य करोड बढीको भएपनि चल सम्पत्ती नहुँदा कठिन भएको उनले बताए । उनले भने–‘एकातिर ऋण किस्ता बढ्यो, अर्कोतिर सञ्चार हाउस पनि बन्द भयो ।’
दृष्टान्त–२
भर्खरै शुरु गरेको खाजा घरमा लगानी थप्ने उद्देश्य राखेर बाहुनडाँगीकी एक महिलाले बिर्तामोडको एक सहकारी संस्थाबाट ऋण लिइन । बिर्तामोडकै पूर्व–पश्चिम राजमार्गमै सटेको व्यवसायिक भवनमा खाजा घर सञ्चालन गर्दै आएकी उनले निकालेको ऋणबाट केही रकम होटल लिंदाको ऋण भुक्तानी गरिन् । लिएको ऋण मध्येबाट ७५ हजार खर्चिएर सेकेन्डहेण्ड मोटरसाईकल किनन् । केही समयपछि मूल्य घटेर मोटरसाइकल पनि विक्री गरिन् । उद्देश्य एक काम अर्को गर्दा न दोकान बढ्यो न त किस्ता नै तिर्न सकिन्, न त दोकानको पुरै चुक्ता गरिन्,न त मोटरसाइकल नै रह्यो । उल्टै ऋण बढेर साढे तीनलाख बढी पुग्दा उनीहरुले भने दुईवर्षदेखि होटल छोडेर सहकारीको सूचीमा बेखबरमा छन् । सहकारीले कालोसूचीमा नाम प्रकाशन गर्न तयारी गरेको स्रोतले जनाएको छ । ऋणी भन्छिन्–कहाँबाट तिर्नु उपाय त छैन ।’
दृष्टान्त–३
बिर्तामोडमा ब्यापार व्यवसाय क्षेत्रमा कहलिएका एक व्यापारीलाई उनले कारोबार गरिरहेको बैंकले ऋण पत्याएन् । विभिन्न तीनवटा बैंकबाट कारोबार गर्दै आएका उनलाई एउटाले नपत्याएन । जुन बैंकमा उनको सात करोड माथि ऋण थियो । यसअघि निरन्तर कारोबार गर्दै आएको अर्को बैंकले पनि पत्याएन रे जहाँ उनको १४ करोड ऋण थियो ।
दुईवटाले ऋण दिन नमानी रहँदा तेस्रो बैंकले भने सात करोड ऋण हुँदाहुँदै पुनः लगानी गर्यो र उनले कारको सोरुम थपे । बिर्तामोडका सफल व्यवसायी मानिएका राजेन्द्र थापाले तेस्रो बैंकले लगानी दिएपछि शुरु गरेको कारको सोरुम उद्घाटन कार्यक्रममा सार्वजनिक रुपमै भने–‘फोटो ननिकाल्ने, तीन पुस्ते नछाप्ने जस्ता विभिन्न कारणले सार्वजनिक हुन सकेको छैन । तर, यहाँ व्यापारीहरुको हैसियत कहाँ पुगेको छ, भन्न सक्ने अवस्था छैन ।’
स्टाफलाई दिने तलब समेत घरबाट निकाल्नुपर्ने अवस्था आएको बताउँदै थापाले थपे–‘७/८ प्रतिशतमा लिएको कर्जाको ब्याज बढेर १४/१५ प्रतिशत पुग्यो, हिजो एककरोड पर्ने जग्गा आज ५०/६० लाखमा झरेको छ, यस्तो अवस्थामा ब्यापार कसरी थाम्नु ।’ आर्थिक कारोबार सम्बन्धी कस्तो छ अवस्था भन्ने यी प्रतिनिधिमुलक घटना मात्र हुन् ।
पछिल्लो समय ब्यापार, व्यवसायदेखि घरको भान्सासम्मै आर्थिक मन्दिको असर पुगेको छ । त्यतिमात्र होइन देशको समग्र अर्थतन्त्र नै धरासायी बनेको स्पष्ट देखिन थालेको छ । कोरोना संक्रमण कालपछि विश्वमा छाएको आर्थिक मन्दीको असर अहिले चुलिएको छ । दैनिकी धान्नै कठिन परेको बेला बैंकले ब्याज बढाएपछि व्यापारी–व्यवसायीहरु अझ मर्कामा परेका छन् ।
चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओम विमली भन्छन्–‘ऋण लिनेबाट नै देशको अर्थतन्त्रको दर्बिलो हुनुका साथै आर्थिक खम्बा टिकेको छ, सस्तो लोकप्रियताका लागि ऋणीमाथि धावा बोल्ने, अपमान गर्ने कसैको अधिकार छैन ।’ गत चैत १ गतेदेखि बैंकको ब्याजदर केही घटेको भएपनि विमलीले ब्याजदर १ अंकमा झार्नुपर्ने माग समेत गरेका छन् । उनका अनुसार ब्याजमा भएको अधिक बृद्धिले सम्पूर्ण ब्यापार, उधोग र विकास निर्माण ठप्प हुने अवस्था आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआम्दानी विनाको योजनाले समस्या,ऋण काडेर व्यवसाय, घरबाट कर्मचारी धान्दै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img