Homeसमाचारहेलचेक्र्याई गर्दा झापाका ब्यापारी/ब्यवसायीमा मिसम्याच समस्या

हेलचेक्र्याई गर्दा झापाका ब्यापारी/ब्यवसायीमा मिसम्याच समस्या

भद्रपुर । नजानेर वा नियतबस जुनसुकै कारणबाट भएपनि मिसम्याच समस्याबाट व्यवसायीलाई मुक्त हुन आन्तरिक राजश्व विभागले समयसीमा निर्धारण गरेको छ ।
विभागले आगामी चैत मसान्तसम्ममा मिसम्याचमा परेका व्यापारी÷व्यवसायीलाई स्वघोषणा गरेको कारोबारको रकममा फरक देखिन आएको रकमको १.५ प्रतिशत रकम बुझाएमा उक्त समस्याबाट मुक्त हुने जनाएको छ ।
झापाको कनकाई माईपूर्वका दुईहजार पाँचसय ५२ जना करदाताको न्यूनतम २ वर्षदेखि अधिकतम ५ वर्षसम्मको कारोबारमा मिसम्याच समस्या देखिएको आन्तरिक राजश्व कार्यालय झापाका कर अधिकृत टिका भट्टराईले जानकारी दिए ।
यतिधेरै व्यवसायी/व्यापारी मिसम्याचमा पर्नुको कारणबारे बताउँदै भट्टराईले भने–‘डे वान, डे टु फाराम भर्न नजानेर पनि समस्या भएको छ । उनले थपे–‘अनभिज्ञता र हेलचेक्र्याई दुवै देखिन्छ ।’ व्यवसायीले कारोबार धेरै गरेपनि स्वघोषणाका क्रममा कम गरेको तर, विक्री र खरिदको ‘ट्रन्जेक्सन’ नमिल्दा धेरै व्यवसायी मिसच्यासमा परेका हुन् ।
धेरै व्यवसायी मिसम्याचमा परेपछि सरकारले आर्थिक ऐन २०७९ को दफा २९ को (१) बमोजिम आगामी चैत मसान्तसम्ममा कारोबार सच्याउने छुटसहितको व्यवस्था गरेको हो ।
मिस म्याच के हो ?
आय विवरणको अनुसुची १३ मा भरेको र तपाईसँग कारोबार गर्ने (बिक्रेता, क्रेता, साहु, आसामी) ले बुझाएको विवरण फरक परेमा त्यसलाई मिसम्याच भनिन्छ । अनुसुची १३ मा तपाईंले बार्षिक एक लाखभन्दा (एकै वा पटक÷पटक गरी) रुपैयाँ भन्दा बढि कारोबार (खरिद वा बिक्री) गरेका पार्टी र बर्षान्तमा कसैसँग लाख रुपैयाँभन्दा बढि लिनु वा दिनु भएमा सो विवरण भर्नु पर्दछ । कारोबार गरेका दुबै पक्षले पेश गरेको विवरण एउटै नभएमा, त्यसलाई मिसम्याचमा परेको भनिन्छ ।
मिस म्याचबाट कसरी बच्ने ?
आय विवरण पेश गरिसकेपछि धेरै करदाताको साझा समस्या बनेको छ– मिस म्याच । धेरै करदाताको हिसाब–किताबमा कर कार्यालयले मिसम्याच फेला पार्ने र त्यही आधारमा थप कर तथा जरिवाना लगाईँदै आएको छ । अधिकांस करदाताको टाउको दुखाएको मिसम्याचका कारण र समाधानबारे केही उल्लेख गरिएको छ।
मिस म्याचले कर दायित्व सिर्जना गर्छ ?
मिस म्याचले कर दायित्व सिर्जना गर्छ नै भन्ने हुदैन। तर, कर कार्यालयले तपाईंले पेश गरेको विवरण सहि छ कि छैन भनेर छुट्याउन प्रयोग गर्ने मुख्य अस्त्र मिसम्याच नै हो। जस्तो तपाईंले कुनै पार्टीबाट बर्ष भरिमा दश लाख रुपैयाँ बराबरको खरिद गरेको विवरण अनुसुची १३ भर्नुभयो । तर, उक्त पार्टीले तपाईंलाई त्यस अनुरुप बिक्रि गरे भनेर विवरण नदेखाएमा मिसम्याच हुन जान्छ ।
यहाँ दुई किसिमको जोखिम हुन्छ । एक बिक्रेताले बिक्री लुकाएको हुनसक्छ या तपाइँले नै नभएको खरिद देखाएर नाफा घटाउनु भयो । यसमा थप अनुसन्धान गरि गल्ती गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रावधान छ। त्यसकारणले तपाईंले भरेको विवरण सहि छ भने मिसम्याचले अतिरिक्त कर दायित्व सिर्जना गर्छ नै भन्ने हुँदैन । तर, अनुसन्धान गर्दा त्रुटी फेला पर्यो भने जरिवाना सहित कर तिर्नु पर्ने अवस्था आउँछ ।
मिसम्याचले कति कर दायित्व सिर्जना हुन्छ ?
जस्तो तपाईंले कुनै पार्टीलाई १० लाख रुपैयाँ बराबरको बिक्री गर्नु भएको छ। तर, उक्त विवरण एक लाख माथिको बिक्री भनेर अनुसुची १३ भर्दा देखाउनु भएन। अर्को तिर क्रेता पक्षले खरिद गरेको विवरण देखायो भने अनुसन्धानबाट बिक्री लुकाएको पुष्टि हुन्छ । यसरी बिक्री लुकाउँदा, तपाईको आम्दानी १० लाखले कम देखिन जान्छ
। पछि कर कार्यालयले उक्त रकममा ब्यवसायलाई लाग्ने दरले आयकर निर्धारण गर्छ भने आम्दानी लुकाए बापत पनि तपाईंले पचास देखि शतप्रतिशतसम्म जरिवाना र ब्याज तिर्नु पर्ने हुन्छ।
यदि तपाईंको व्यवसाय मुल्य अभिबृद्धि कर (भ्याट) मा समेत दर्ता छ भने बिक्री मूल्यमा भ्याट समेत छलिएको मानिनेछ। र, उक्त बिक्री मूल्यको १३ प्रतिशत भ्याट, शत प्रतिशत जरिवाना एवं वार्षिक १५ प्रतिशतका दरले ब्याज जोडेर कर कार्यालयले असुल गर्नेछ। तर, मिसम्याच देखिने बित्तिकै कर दायित्व सिर्जना हुने होइन। त्यसका लागि तपाईंले तथ्यपरक रुपमा आफु सही छु भनेर प्रमाणित गर्नु पर्ने हुन्छ।
मिस म्याचबाट कसरी बच्ने ?
मिस म्याचबाट बच्न तपाईंले आर्थिक बर्ष सकिएपछि सबै पार्टीबाट कारोबारको समर्थन पत्र (कन्फरमेसन लेटर) लिन सक्नुहुन्छ। जसबाट तपाईंले बितेको बर्ष हरेक पार्टीसँग कतिको कारोबार भयो र बर्षान्तमा लिनु/दिनु कति छ भन्ने विवरण अद्यावधिक गर्न सक्नुहुन्छ। त्यसको आधारमा तपाईंले आफ्नो कारोबारमा कुनै हिसाब राख्न गल्ति भए सच्याउन समेत सक्नुहुन्छ। त्यसपछि अनुसुची १३ भर्दा सोहि सच्चाएको विवरण हाले मिसम्याच पर्ने सम्भावना एकदमै न्युनहुन्छ।
मिसम्याच परे के गर्ने ?
तपाईले राम्रो गर्न खोज्दाखोज्दै पनि मिसम्याच परेको खण्डमा आफ्ना प्रमाणहरु सुरक्षित राख्नुहोस। यदि पार्टीबाट समर्थन पत्र लिनुभएको छ भने त्यो तपाईंको लागि निकै ठुलो प्रमाण बन्न सक्छ। कर कार्यालयबाट कारोबारको प्रमाणको खोजीभएमा त्यहि समर्थन पत्र पेश गर्न सक्नु हुन्छ। यदि समर्थन पत्र लिनु भएको छैन भने तपाईंसँग अन्य प्रमाणको साथ विल/विजकको प्रति कर कार्यालयमा पेश गरेर आफुलाई सही प्रमाणित गर्नुहोस्।
अनुसुची १३ भर्दा गल्ती भए के गर्ने ?
यदि तपाईं आफैँले अनुसुची भर्दा गल्ती भयो वा कसैको कारोबार हाल्न छुट भएमा कर कार्यालयबाट सोधनी हुने वित्तिकै आफुसँग भएको प्रमाण, सही सूचना र तथ्य उपलब्ध गराउनु होला। तपाईंले दिएको सूचना पुष्टि गर्ने सकेसम्म प्रमाण (पार्टी समर्थन पत्र, विजक, भुक्तानी गरेको नगदी रसिद आदी) जुटाउनुहोस्। त्यसले तपाईंको जिकिरलाई पुष्टि गर्न सघाउँछ।
पेश गरिसकेको अनुसुची १३ सच्याउन मिल्छ?
नेपालको प्रचलित कर कानुनले एक पटक विवरण पेश गरिसकेपछि सच्याउने अधिकार दिएको छैन। त्यसैले तपाईंले पेश गर्ने वेलामा नै ’सबै सहि हो र गल्ती भए सहुँला बुझाउँला’ भन्नु भएको हुन्छ। यदि त्रुटीवश गलत विवरण पेश भएमा सही विवरणको तयारी सहित बस्नु होस्। र, कर कार्यालयबाट सोधनी हुने वित्तिकै प्रमाण सहित उपस्थित भइ दिनुहोस्। यो नै सबैभन्दा सजिलो र सुरक्षित विकल्प हो।
मिसम्याच देखिएपछि प्रमाण पेश गर्न नसके के हुन्छ ?
तपाईंको व्यवसायको मिसम्याच देखिएपछि आफुले पेश गरेको विवरण साँचो र अर्को पार्टीको विवरण झुठो हो भनेर प्रमाणित गर्न नसके कर कार्यालयले तपाईंलाई जरिवाना गर्न सक्छ। जस्तै तपाईंले बिक्री देखाउनु भएको छैन तर अर्को पार्टीले तपाईंबाट खरिद गरेको विवरण देखाइ दियो। यस्तो बेला तपाईंले आफुले साँच्चै बिक्री गरेको होइन भनेर प्रमाण पेश गर्न नसके कर कार्यालयले सबै रकमलाई आम्दानी मानेर त्यसमा लाग्ने कर, जरिवाना र ब्याज समेत असुल गर्न सक्छ ।
पार्टीसँगको कारोबार रकम कसरी सजिलै पत्ता लगाउने ?
यदि व्यवसाय सानो भए कुनै पार्टीसँगको कारोबार रकम पत्ता लगाउन गाह्रो पर्दैन। तर, कारोबार रकम ठुलो भए (एकै पटक वा पटक पटक गरेर एकलाख कटेमा) कुल रकम पत्ता लगाउन निकै गाह्रो पर्छ। कारोबार रकम निकाले पनि छुट्ने सम्भावना धेरै हुन्छ। त्यस्तो जोखिमबाट बच्न, तपाईंले दोहोर्याएर खरिद गर्ने पार्टीबाट किन्दा सोझै खर्च लेखेर भुक्तानी नगर्नु होस्। पहिलो भौचरमा खरिद देखाई सो पार्टीलाई तिर्नुपर्ने दायित्व लेख्नुहोस्। अनि मात्र उक्त पार्टीलाई भुक्तानी गर्नुहोस्। यसो हुदाँ, बर्षभरिको उक्त पार्टीसँगको कुल कारोबार रकम एकै स्थानमा सजिलै देखिन्छ, कुनै झन्झट हुँदैन ।
मिसम्याचबाट बचेर सुरक्षित कारोबार कसरी गर्ने?
तपाईंको सुरक्षित कारोबार गर्न र नक्कली विलको जोखिमबाट बच्न चाहनु हुन्छ भने सकेसम्म एकाउन्ट पेयी चेकबाट मात्र लेनदेन गर्नुहोस्। आयकर ऐनमा ५० हजार रुपैयाँभन्दा बढिको रकम नगदबाट भुक्तानी गर्दा उक्त खर्च करको लागि अमान्य हुने उल्लेख छ। चेकबाट भुक्तानी गर्दा पनि व्यक्तिको नाममा नकाट्नुहोस्। सम्बन्धित पार्टी (व्यवसायीक फर्म)को नाममामात्र चेक जारी गर्नुहोस्। सकेसम्म, टिडिएस काटेर भुक्तानी गर्ने प्रयास गर्नुहोस्। ठुलो कारोबार भएमा करार गरेर मात्र खरिद/बिक्री गर्ने बानी बसाल्नुहोस्। प्यान विल र भ्याट विलबाट मात्र कारोबार गर्नुहोस्। यस्ता व्यबहारले तपाईंलाई मिसम्याच र नक्कली विजकबाट बचाउन ठुलो सहयोग पुग्छ। मिसम्याचमा परिहाले पनि यहि प्रमाणले संभावित जरिवानाबाट बच्न सक्नु हुनेछ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहेलचेक्र्याई गर्दा झापाका ब्यापारी/ब्यवसायीमा मिसम्याच समस्या
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img