Homeसमाचारमेचीनगरमा गठित सञ्चार प्रतिष्ठान खारेजीको माग

मेचीनगरमा गठित सञ्चार प्रतिष्ठान खारेजीको माग

बिर्तामोड । झापाको मेचीनगर नगरपालिकाले गठन गरेको मेचीनगर संचार प्रतिष्ठानप्रति झापामा कृयाशिल संघ संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन ।
प्रतिष्ठानमार्फत पालिकालाई संचारमैत्री बनाउने भन्दै गठन गरिएको प्रतिष्ठान स्वेच्छाचारी ढंगबाट गठन गरिएको भन्दै ती संगठनहरुले आपत्ति जनाएका हुन ।
पालिकाले संचारकर्मीहरुसँग कुनै छलफल नगरी ऐन नै नबनाई कार्यविधिमार्फत प्रतिष्ठान गठन गरिनुले संचार क्षेत्रमाथी हस्तक्षेप गरेको उनीहरुको ठहर छ । ुमनोमानी ढंगले गठित प्रतिष्ठान तत्काल खारेज गरी मेचीनगरका आम संचारकर्मीसँगको छलफलबाट संचार ऐन र नियमावली बनाएर प्रतिष्ठान गठन गर्न जोडदार माग गर्दछौं,ु विज्ञप्तीमा भनिएको छ ।
उनीहरुले प्रतिष्ठानमार्फत संचार माध्यमलाई सवलीकरण गर्नु स्वागतयोग्य कदम भएतापनि प्रतिष्ठान गठन गर्दा संचारकर्मीले थाहा नपाउनु दुखद भएको जनाएका हुन ।
प्रेस युनियन झापाका कार्यबाहक अध्यक्ष गिरिराज भट्टराई, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक र समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेव राईले हस्ताक्षर गरेको बिज्ञप्तीमा पालिकाले गरेको यो निर्णय तत्काल सच्याएर संचारकर्मीसँग छलफल गरि संचार ऐन बनाएर प्रतिष्ठान गठन गर्न उनीहरुले जोडदार माग गरेका छन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेचीनगरमा गठित सञ्चार प्रतिष्ठान खारेजीको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img